News

कोरोनाको सन्त्रासः एक महिना सार्वजनिक बिदा दिन चिकित्सकको अनुरोध

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९)को सन्त्रास नेपालमा पनि फैलिएको छ । सौभाग्य भन्नुपर्छ, अहिलेसम्म नेपालमा यसको संक्रमण फैलिन पाएको छैन । तर यतिमै ढुक्क भएर बस्न सकिने अवस्था नरहेको भन्दै चिकित्सकहरुले एक महिना सार्वजनिक बिदा दिन सरकार समक्ष अनुरोध गरेका छन् ।

चिकित्सकहरुले सार्वजनिक बिदा दिएका खण्डमा विद्यालय, कलेजमा पढ्ने विद्यार्थी तथा कर्मचारी, कार्यलयमा कार्यरत कर्मचारी लगायत आ आफ्नो घर जाने भएकाले काठमाण्डौ सुरक्षित राख्न सकिने भन्दै सरकार समक्ष सार्वजनिक बिदाको लागि आग्रह गरेको बताइएको छ ।

शुरूमा एक नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपनि उनी निको भइसकेको दाबी सरकारी पक्षको छ । त्यसयता कोरोनाको आशंकामा अस्पताल भर्ना भएकाहरूलाई कोरोनाको संक्रमण नपाइएको बताइएको छ ।

यसैबिच, शिक्षा मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन र सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न मन्त्रालयले निर्देशन पनि दिएको छ।सरकारले स्कुलको वार्षिक परिक्षा चैत्रको ५ भित्र सक्नपनि निर्देशन दिइसकेको छ ।

Related Articles

Back to top button
Close