News

पहिलोपटक नेपाल आएकी मिस वर्ल्ड जव साडीमा सजिएर मन्त्रि भेट्न पुगिन.. (तस्विर सहित)

संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा ‘मिस वल्ड २०१९’की विजेता टोनी–एन सिंह बिहिबार नेपाल आइपुगेकी छन् । तीन दिने भ्रमणमा नेपाल आएकी सिंह यहाँ विभिन्न कार्यक्रममा सरीक हुनेछन् । उनीसंग मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत सहभागी भएका छन् ।

गत जनवरीमा मिस नेपाल आयोजक हिडेन ट्रेजरले जुलिया मोर्ले र मिस वल्र्ड विजेतालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको थियो । उनीहरु सोही निम्ता मान्न नेपाल आएका हुन् । उनलाई स्वागत गर्ने एयरपोर्टमा मिस नेपाल अनुष्का श्रेष्ठ लगायत पुगेका थिए ।नेपाल भ्रमणको यो टोलीले मिस वल्र्डमा ‘विउटी उथ पर्पोज’ जितेको भिडियोमा देखाइएको मकवानपुर र सिन्धुपाल्चोक जिल्ला भ्रमण गर्नुका साथै मिस वल्ड नेपालमा आयोजना सम्भाब्यको बिषयमा अध्यायन समेत गर्ने कार्यक्रम रहेको छ ।

दुई संस्थाबीच २३ वर्षदेखिको सुमधुर सम्बन्ध रहदैं आएकोमा अहिले आएर पहिलो पटक मिस वल्र्ड अर्गनाइजेसनका अध्यक्ष तथा मिस वल्र्डले नेपाल भ्रमणमा आएका हुन् । मिस नेपालको आयोजना हिडन ट्रेजर संस्थाले गर्दे आएको छ। यस वर्ष हिडन ट्रेजरले स्थापनाको २५ औं वार्षिक उत्सव मनाउदै छ। यो अवसरमा सहभागी हुनका लागि पनि मिस वर्ल्ड नेपाल आएकी हुन्।

नेपाल भ्रमणमा आएकी टोनीलाई एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले स्वागत गरेका छन्। साडीमा सजिएकी मिस वर्ल्डलाई मन्त्री भट्टराईसहितका अधिकारीले स्वागत गरेका हुन्। तस्विर तल हेर्नुहोस :

Related Articles

Back to top button
Close