News

छोरा भेट्न बाबु पुगे अस्पताल

काठमाडौं। मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न ओलीका बुबा त्रिवि शिक्षण अस्पताल पुगेका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न ओलीका बुबा मोहनप्रसाद ओली बिहीबार बिहान अस्पताल पुगेका हुन् । ९० वर्षीय ओली प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेको त्रिवि शिक्षण अस्पताल स्रोतले जानकारी दिएको छ ।

ओलीलाई अहिले शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखिएको अस्पतालले जनाएको छ । ओलीको स्वास्थ्यबारे बिहीबार औपचारिक जानकारी दिइएको छैन । अस्पताल स्रोतका अनुसार, हरेक दिन अपराह्न ४ बजे प्रधानमन्त्रीको स्वास्थ्यबारे औपचारिक जानकारी दिने तयारी गरिएको छ ।

Related Articles

Back to top button
Close