Video

आफ्नै ससुरासँग बुहारीले गरिन् बिहे, ६ वर्ष देखि अ;बैध स;म्बन्धमा रहेको खुलासा (भिडियोसहित)

बाग्लुगंमा समाजमा पचाउनै नसक्ने घटना भएको छ । बाग्लुगंको तग्राम स्थित गाउँमा पत्याउनै नसक्ने घटना भएको हो । एउटै घरका ससुरा बुहारी विवाह गरेर वेपत्ता भएका छन् । दिलमाया घिसागंकी देउरानी ससुरासंग विवाह गरेर गएकी हुन् । ३ वटा छोराछोरी छोडेर ति महिला ससुरासंग विवाह गरेर वेपत्ता भएका हुन् । उनी फागुनको ११ गते घरवाट हिडेको बताइएको छ । समुहमा रहेको पैसा ९ गते लिएर उनी हिडेकी हुन् ।

गत साल ऋण गरेर घर बनाएकी ति महिलाले अब मलाई ससुरा मन परेको छ म उनैसंग विवाह गर्छु भनेर भनेको सुनिएको जेठानीले बताएकी छन् । ससुराले पनि मलाई बुहारी मन परेको छ उसैलाई लिएर हिड्छु भन्दै गाउँमा हिडेका थिए । ति पुरुषले बुहारी विवाह गरेर घरमै लिएर गएका थिए । ११ गते विवाह गरेका उनीहरु त्यसको ८ दिन पछि घरमा गएका छन् । आमा आफ्नै हजुरवुवासंग भागेपछि छोरा रिसाउँदै गएर आमा बसेको घरमा गएर तो;डफो;ड गरेका छन् ।

चमेली नाम गरेकी ति महिलाले तीनवटा सन्तान छोडेर ससुरासंग गएपछि जवान भएका छोराहरु पनि रिसाएका छन् । १६ वर्ष उमेर पुगेका छोराहरु आमालाई किन यस्तो गर्यौ भन्दै जाँदा तिमीहरु पनि विवाह गर भनेर जवाफ लगाउने गरेकी छन् । यो भन्दा अघि पनि चमेली उनी फुपुको छोरासंग विवाह गरेर एउटा सन्तान जन्मिएको छ । फुपुको छोरासंग विवाह गरेपछि पनि उनी ससुरासंग अनैतिक सम्बन्ध कायम गरेर छोरा जन्माएको जेठानीले बताइन् ।

ससुरासंग अ;नैतिक स;म्बन्ध राखेर छोरा जन्मिएपछि ९ महिनाको छोरा लिएर माइतमा बसेकी चमेलीलाई दिलमायाको देवरले विवाह गरेर ल्याएको बताइन् । उनले पहिला जे गरेको भएपनि अब त त्यस्तो हुँदैन होला भनेर देवरले विवाह गरेको उनको भनाई छ । जेठानीले भनिन् यो भन्दा पहिला पनि ससुरासंग नै विग्रिएर छोरा पाएकी हो, फेरी पनि त्यस्तै गरी । अहिले विवाह गरेका ससुरा पनि भाइभाईका ससुरा भएको जेठानीले बताइन् । उनले ति ससुरा बेलाबेलामा घरमा आउने गरेको पनि बताइन् । आफ्नो छोराछोरी नभएका कारण ति देउरानीले संझै सन्तान छैनन् भनेर हेला गर्ने गरेको बताइन् ।

Related Articles

Back to top button
Close