News

मन्त्री अर्याल सवार विमान दुर्घटनाबाट जोगियो

काठमाडौँ । भूमि व्यवस्था, सहकारी मन्त्री पद्मा अर्याल सवार यति एयरको विभान ठुलो दुर्घटनाबाट जोगिएको छ।

काठमाडौंबाट पोखराका लागि आज बिहान पौने ९ बजे उडेको यति एयरको विमान उडेको १० मिनेटमै प्राविधिक कारणले काठमाडौं विमानस्थलमै फर्केर आपतकालीन अवतरण गरिएको त्रिभुवना विमानस्थलका प्रवक्ता देव चन्द्र लालले डिसी नेपाललाई बताए ।

लालका अनुसार, विमानमा सवार सबै यात्रु सकुशल रहेको र मन्त्री अर्याल अर्को विमान प्रयोग गरेर पोखरातर्फ गएकी छिन् ।

Related Articles

Back to top button
Close