Video

प्रधानमन्त्री ओलीलाई पहिलोपटक मिर्गौला दान गरेकी अन्जानको खुलासा : भान्जीलाई पनि मैले नै मनाएको हुँ (भिडियोसहित)

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । आफ्नी भान्जी समिक्षाले प्रधानमन्त्री ओलीलाई किड्नी दान गरेकी हुन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग प्रधानमन्त्री ओलीलाई पहिलोपटक किड्नी दान गरेकी अन्जान घिमिरेले आफूलेजस्तै भान्जी समिक्षाले पनि राम्रो काम गरेको स्पष्ट पारिन् । उनले आफूले केपी ओलीको लागिभन्दापनि नेपाली र नेपाली जनताको सुखद भविष्यको लागि किड्नी दान गरेको खुलासा गरिन्।

यो पनि पढ्नुहोस : जाँगर र सीप चाहिन्छ ःपैसा कमाउन कही जानुपर्दैन

काम र दामको खोजीमा पाल्पा रामपुर नगरपालिका–८ का युवा जगतबहादुर सेनले दुई वर्ष मलेसियामा व्यतीत गर्नुभयो । ऊर्जाशील जीवनका केही सयम त्यतातिरै लगाउनुभयो । पसिना बगाउनुभयो ।

उहाँलाई सोचेअनुसारको काम र दाम नभएपछि विदेशको भूमिमा रही रहन मन लागेन । गाउँमा फर्किएर केही गरौँ भन्ने सपना देख्न थाल्नुभयो । उहाँ दुई वर्ष पूरा भएपछि जन्मस्थान फर्किनुभयो ।

उहाँले बाँझा रहेका बारीमा पाटामा बाख्रापालन गर्ने सोच बुन्नुभयो । व्यवसाय शुरु गर्नुभयो । उहाँले भन्नुभयो, “गत वर्ष बाख्राको बिक्रीबाट एक वर्षमा रु पाँचलाख आम्दानी लिएँ ।” घरको गुजारा चलाउन धौधौ परेपछि स्नातक तहको पढाइ बिचमै छाडेर उहाँ वैदेशिक रोजगारमा होमिनुभएको थियो । “विदेशको मोहले न त पढाइ न त हातमा दाम, समयको बर्बादी, गाउँमै बसेर पहिले नै बाख्रापालन गरेको भए मालामाल हुने रहेछ, अहिले सम्झदा पश्चाप लागेको छ”, उहाँले अनुभव सुनाउँदै भन्नुभयो ।

उहाँको फार्ममा ५० माऊ बाख्रासहित ७० वटा स्थानीय, बोयर क्रस जातका बाख्रा छन् । ५० रोपनी जग्गा भाँडामा लिएर घाँस खेतीको तयारी गर्नुभएका उहाँले भन्नुभयो, “सयभन्दा बढी बाख्रा पाल्ने लक्ष्य लिनुभएको छु ।” पशुसेवा कार्यालयले समय समयमा औषधोपचार, प्राविधिक सेवा प्रदान गरिराखेको छ । नगरपालिकाले युवा स्वरोजगार कार्यक्रममा छनोट गरी रु तीन लाख ऋण सहयोगसमेत गरेको छ । रामपुर नगरपालिका क्षेत्रमा बाख्रापालन व्यवसायमा युवाको ह्वात्तै आकर्षण बढेको पशुसेवा शाखा प्रमुख मोहन भट्टराई बताउनुहुन्छ । “विदेश गएर फर्केका युवाको बाख्रापालनमा आकर्षण बढ्दो छ, व्यवसायबाट राम्रै गरिरहेका छन्, कार्यालयले व्यवसायलाई व्यवस्थित बनाउन बेला बेलामा तालीम, आवश्यक प्राविधिक सहयोग गरिरहेको छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय रामपुर क्षेत्रमा व्यावसायिक रुपमा नै बाख्रापालन गर्ने युवाको सङ्ख्या बढ्दो । बाख्राको बजार मूल्य राम्रो भएपछि कृषक व्यवसायमा आकर्षित भएका हुन् । कृषकले घरघरमा थोरै भए पनि बाख्रा पालेर सामान्य घरखर्च चलाउने गरेका छन् । विशेष गरी गाउँका महिलाले घरमा दुई चार वटा माऊ बाख्रा पालेर कमाएको रकम छोराछोरीको पढाइ खर्च, घरखर्च र केही रकम कोशेलीका रुपमा राख्ने गरेका छन् ।

रामपुर नगरपालिकाले पनि यहीँको उत्पादनलाई प्रोत्साहन गर्न बाख्रापालन व्यवसायमा अनुदानलगायतका कार्यक्रम चलाइरहेको नगर प्रवक्ता हुमनाथ न्यौपाने जानकारी दिनुभयो । कृषकलाई व्यवसायमा दक्ष बनाउन विभिन्न सीप तथा ज्ञान दिने र व्यवसायबाट राम्रो कमाउने वातावरण नगरपालिकाले व्यवस्थापन गरिदिने उहाँको बताउनुभयो ।

Related Articles

Back to top button
Close