News

भर्खरै दोलखामा भुकम्पको धक्का

२१ फाल्गुन काठमाडौं :

आज (बुधबार) साँझ दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

साँझ ७ बजेर १७ मिनेट जाँदा दोलखाको उत्तरी क्षेत्र सिगटी आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो।

गुगल म्यापमा भूकम्प गएको स्थान ।
खान खाने तरखर गरिरहेका स्थानियहरु भूकम्पको धक्काले त्रसित बनेका छन् । लामो समयपछि सो क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो ।

Related Articles

Back to top button
Close