News

स्नातक उत्तीर्ण गरेर अमेरिका जान चाहनेका लागी सुनौलो अवसर, आवेदन भर्न छुटाउनुभएको त छैन?

काठमााडौं । के तपाई स्नातक (ब्याचलर) उत्तीर्ण हुनुहुन्छ? अंग्रेजीमा राम्रो दख्खल राख्नुहुन्छ? त्यसोभए यो एउटा सुनौलो अवसर पनि हो । अमेरिकाले रोजगारीको लागि उच्च शिक्षा प्राप्त क्षमतावान नेपालीहरुका लागि कामदार (वर्किङ) भिसा पठाइसकेको छ । मार्च १ तारिखदेखि आवेदन खुला भइसकेको छ । अमेरिकी सरकारले कामदार भिसा मार्फत् अमेरिका जान चाहने इच्छुकले आवदेन दिन सक्ने जनाएको छ । आवेदन अमेरिकी नागरिकता तथा बसाईसराई सेवा (युएस सिटिजनपि एण्ड इमिग्रेसन सर्भिस) को वेवसाइटमा गएर आवेदन फाराम भर्न सकिनेछ । जुनसुकै विषयमा स्नातक गरेकाले आवेदन फाराम भर्न सक्नेछन् ।

‘एचवान बी’ले मार्च १ तारिकदेखि आवेदन खुल्ला गरेको हो । अमेरिकी रोजगारदाताले उच्च शिक्षा भएका व्यक्तिका लागि प्राथमिकता दिदै पहिलोपटक अनलाइनमार्फत आवेदन माग गरेको छ । युएससी आईएसको सूचना अनुसार मार्च १ तारिख दिउँसो १२ बजेदेखि आवेदन दिन सकिने उल्लेख छ । सूचनामा यस पटक ब्याचलर डिग्री गरेकाहरुका लागि विश्व भरबाट बढीमा ६५ हजारको कोटा खुला गरिएको छ भने अमेरिकामै मास्टर्स डिग्री गरेकाहरूका लागि २० हजारको कोटा खुला गरेको जनाइएको छ । रोजगारीको लागि अमेरिका जान चाहने व्यक्तिले विश्वको जुनसुकै स्थानबाट आवेदन भर्न सक्ने छन् । सवै प्रकृया पूरा गरि पास भए एचवान बी भिसा पाईने छ ।

वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित अमेरिकाले रोजगारीको लागि नेपाली कामदार माग गर्नु राम्रो कुरा भएपनि यसको दूरगामी असर पनि देख्छन् । उनी भन्छन्, ‘अमेरिकाले उच्च शिक्षा र सीप भएका कामदारको माग गरेकोले सीप भएका दक्ष मानिस नेपालमा कम भएको देखिन्छ । यसका लागि नेपाल सरकारले उच्च शिक्षा संगै सम्वधित विषयमा दक्ष बनाउन आवश्यक छ ।’ त्यसो त अमेरिका नै गएको खण्डमा पनि व्यवहारिक ज्ञान दिन सके विदेशमा पनि राम्रो कमाई गरेर स्वदेश फर्किएपछि देश विकासमा टेवा पुर्याउन सकिने उनको सल्लाह रहेको छ ।

के त्यसो भए विद्यार्थीहरु अमेरिका जानु गलत हो? उनी त्यसलाई त्यसरी नबुझ्न आग्रह गर्छन् । उनी भन्छन्, ‘अमेरिकीकाको मुख्य योजना नै विश्वका विभिन्न मुलुकमा रहेका दक्ष र पढेलेखेका मान्छे आफनो देशमा भित्र्याउनु हो । यद्यपि, पढे÷लेखेका नेपालीहरु रोजगारीको लागि खाडी मुलुक जानु भन्दा अमेरिका जानु नै राम्रो हो । तर, सरकारले त्यहाँ गएका विद्यार्थीहरुलाई स्वदेश फर्काउने काममा सफल भएको देखिदैन ।’ उनी अमेरिका गएर उताकै नागरिकता लिएर भासिने समस्या जटिल बन्दै गएको देख्छन् ।फाराम यहाँ गएर भर्नुहोस्ः

Related Articles

Back to top button
Close