News

हिमानी-शाहद्वारा प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना गर्दै लेखिन यस्तो स्टाटस

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिन भाञ्जी समीक्षा संग्रौला ज्ञवाली टिचिङ अस्पताल पुगेकी छन् । डोनरलाई पनि स्वास्थ्य निगरानीमा राख्नु पर्ने भएकाले संग्रौला पनि अस्पताल पुगेकी हुन् ।

प्रधानमन्त्रीकी भाञ्जी पनि आजैदेखि अस्पताल भर्ना हुनेछन् । त्यसका लागि उनी अस्पताल पुगिसकेको अस्पताल स्रोतले जनाएको छ । नातामा भान्जी पर्ने समिक्षाले ओलीलाई मिर्गौला दिने तयारी गरिएको र उनको जाँच समेत यसअघि नै गरिसकिएको छ ।

प्रधानमन्त्री ओलीलाई अहिले स्वास्थ्यलाभको शुभकामना दिनेको आइरो लागेको छ । देशको सरकार प्रमुखकै मिर्गौला प्रत्यारोपण गरिन लागेको र प्रधानमन्त्री ओलीमा इच्छाशक्ति भरपूर भएकाले पनि धेरैले शुभेच्छा प्रकट गरेका हुन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नका लागि प्रधानमन्त्री ओली टिचिङ अस्पतालमा भर्ना भएका छन् । आज प्रा डा प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले मिर्गौला प्रत्यारोपण गर्दैछ ।

यसैक्रममा पूर्वयुवराज्ञी हिमानी शाहले प्रधानमन्त्री ओलीलाई सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । उनले बुधबार बिहान सामानिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री ओलीको तस्बिर राख्दै स्वास्थ्यलाभको कामना गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी ओलीको पीएमनेपाल सफल मृगौला प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको शुभकामना साथै मृगौला प्रत्यारोपण पूर्ण रुपले सफल होस् भन्ने कामना व्यक्त गर्दछु ।’

Related Articles

Back to top button
Close