News

नेपाल भ्रमणमा आएका एक स्पेनिस नागरिकको कोरोना भाइरसको कारण निधन

नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिस नागरिकको कोरोनाभाइरसको कारण निधन भएको छ। डेली मेलका अनुसार भालेन्सिया अस्पतालका स्वास्थ्यकर्मीले गत फरवरी १३ मा निधन भएका ती व्यक्तिको निधनको कारण कोरोनाभाइरस रहेको पुष्टि गरेका छन्।

निधन हुनुपूर्व सो व्यक्ति नेपाल भ्रमण गरेर फर्किएको भन्ने उल्लेख छ। सुरुमा निमोनियाबाट ग्रसित ती व्यक्तिलाई अस्पताल भर्ना गरिएको भएपनि उनको निधनको कारण खुलाइएको थिएन।

डेली मेलले बताए अनुसार नेपाल भ्रमण गरेर फर्किएपछि उनी बिरामी भएका थिए । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । त्यतिबेला उनको अवस्थालाई ‘एक प्रकारको निमोनिया’ बाट ग्रसित भनेर उल्लेख गरिएको थियो ।

उनको निधनबारे पुष्टि गर्दै स्थानीय स्वास्थ्य अधिकारीले भने, ‘ आर्नउ डे भिलानोभा अस्पतालमा उपचाररत एक व्यक्तिको फेब्रुअरी १३ मा निधन भएको छ। भ्यालेन्सियाका स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरसका कारण नै निधन भएको पुष्टि गरेका छन् । यो नै कोरोना सं’क्र’मण’बाट स्पेनमा भएको पहिलो निधन जनाइएको छ । भ्यालेन्सिया समुदायमा दुई नयाँ सं’क्र’मित भेटिएका छन् । यससँगै यहाँ सं’क्र’मि’तको संख्या १९ पुगेको छ ।’

त्यस्तै कोरोना आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत चार जनाको रिपोर्ट नेगेटिभ आएको छ। चारै जनामा कोरोना सं’क्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भएको अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले जानकारी दिए।

दक्षिण कोरियाबाट फर्केका तीन जना र एक जना चिनियाँ नागरिकलाई कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको थियो। उनीहरुलाई अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको छ।

Related Articles

Back to top button
Close