News

अपडेट कतार र कुवेतबाट आएका दुई जनामा कोरोना आशंका, एयरपोर्टबाट सिधै टेकु पठाईयो

काठमाडौं , कोरोना संक्रमणको आशंकमा कतारबाट फर्किएका एक नेपालीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।कतारबाट फर्किएका ती व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ जाँच गर्दा ज्वरो रुघाखोकीको समस्या देखिएपछि टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिएका छन् । अस्पतालका प्रवक्ता बास्तोलाले भने, “विमानस्थलमा स्वास्थ जाँच गर्दा ती कतारबाट आएका नागरिकमा ज्वरो रुघाखोकी देखिएपछि सिधै विमानस्थलबाट टेकु अस्पताल पठाएको थियो ।

हाल अस्पतालमा सोमबार एक जना र आज एकजना गरेर अस्पतालको आइसोलेसनमा दुई जना भर्ना गरिएको छ ।”आइतबार भर्ना भएका चारजनालाई कोरोना परीक्षण गर्दा केही नदेखिएपछि घर पठाइसकेको उनले जानकारी दिए ।यसअघि चीनको वुहानबाट फर्काइएका १७५ जना नेपालीलाई पनि १७ दिन क्‍वारेन्टाइन बसाइपछि कोरोना नेगेटिभ देखिएपछि सोमबार साँझ घर फर्काइएको थियो । विदेशबाट आउने नागरिकको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य स्क्रिनिङको प्रबन्ध मिलाइएको छ भने स्थलमार्गबाट आउनेहरुका लागि पनि सीमा नाकामा अन्तर्राष्ट्रिय मापदण्डको स्वास्थ्य जाँच कक्ष स्थापना गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button
Close