News

कोरना भाइरसको त्रास बढेपछि, सबै विद्यालयका १ देखि ९ सम्मका कक्षाको चैत्र ५ गतेभित्र परिक्षा सम्पन्न गर्न शिक्षा मन्त्रालयकाे आग्रह

काठमाडौँ । कोरोना भाइरसको संक्रमण फैलिने त्रास बढेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालयलाई चैत्र ५ गतेभित्र परिक्षा सम्पन्न गर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले कक्षा एक देखि नौ सम्मको परिक्षा चैत्र पाँच गतेभित्र सम्पन्न गरिसक्ने वातावरण मिलाउन सबै विद्यालयलाई आग्रह गरेको हो ।

बिज्ञप्तिमा भनिएको छ विश्वभर कोर्न भाइरसको संक्रमण र स्त्रास बढ्दै गएको सन्धर्भमा आवस्यक सतर्कर्ता अपनाउनु उपयुक्त भएकोले बिद्यालयगत रुपमा संचालन हुने शिक्षिक् सत्र २०७६ को कक्षा १ देखि कक्षा ९ सम्मको बार्षिक परिक्षा यथाशिघ्र प्रारम्भ गरि आगामी चैत्र ५ गतेभित्र सम्पन्न गरिसक्ने ब्यावस्था गर्न गराउन तथा बिद्यालयमा शैक्षिक कार्यक्रम, सभा, समारोह, वार्षिकोत्सव लगाएतका भीडभाड हुने कार्यक्रम नगर्न मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button
Close