Video

तेरो जागिर खाईदिन्छु भनेपछि हेमाले रामधुलाई भेटेको खुलाशा ! इन्स्पेक्टरले खोले नयाँ रहश्य (भिडियो सहित)

बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोकेकी हिमा श्रेष्ठमाथि ला’ठी बर्साएका थिए । सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियो पश्चात इन्सपेक्टर पौडेल निकै आलोचित भएका थिए । बच्चा बोकेकी महिला हिमा श्रेष्ठमाथि जथाभावी ला’ठी हा’न्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) को जिम्मेवारी खोसिएको छ ।

केहि दिन अगाडी महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको नेतृत्वमा कार्यरत इन्सपेक्टर देवीप्रसाद पौडेलले हिमालाई कुटेको भिडियो भाइरल भएपछि विभिन्न व्यक्तित्वले आफ्ना धारणा पनि राखेका थिए । यसै बिषयलाई लिएर सामाजिक अभियन्ता तथा निर्देशक हरि उदासीले पनि आफ्नो धारणा ब्यक्त गरेका थिए । उदासीले महिलामाथि भएको दु’र्व्यवहारको खण्डन गर्दै प्रहरीमाथि पनि दु’र्व्यवहार भएको बताएका थिए ।

जिम्मेवारी खोसिएका इन्सपेक्टर पौडेललाई तत्काल फोन गरेर हिमाले पनि अपशब्द बोलेको, धकेलिएको र आफु (इन्सपेक्टर) ले त्यस्तो कदम चल्नु परेको बताएका थिए । आज फेरी यसै बिषयसंग सम्बन्धित रहेर हिमा नै गलत देखिएको उदासीको भनाइ छ । पिडित भनिएकी हिमा श्रेष्ठले जर्नेलको बचाऊका लागि खटिएका प्रहरीलाई “तेरो जागिर खाईदिन्छु” भनेपछि हेमाले रामधुलाई भेटेको खुलाशा गरेका छन् । हेर्नुस् हरि उदासीसंगको कुराकानी तलको भिडियोमा :

यो पनि समाचार

जाडो मौसम शुरु भइसकेको छ । जाडोयाममा धेरै चिसो हुने भएकाले नवजात शिशु र सुत्केरी आमा दुवैका लागि जोखिम हुनसक्छ । नवजात शिशुको केयर गरिएन भने उनसमा छिटो संक्रमण हुनसक्छ ।

नवजात शिशुलाई जति नै कपडा लगाइदिएपनि चिसो हुन्छ । मौसम परिवर्तनको असर उनीहरुलाई धेरै हुन्छ जसको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । त्यसैले नवजात शिशु पनि धेरै कमजोर हुन्छन् । चिसो मौसममा बच्चाहरुलाई रुघाखोकी र घाँटीमा संक्रमण हुने खतरा बढी हुन्छ ।

जाडो मौसममा चिसोबाट बच्न न्यायो कपडा लगाएर तातो बनाएर राख्नुपर्छ । चिसो बढी भएमा बच्चा बिरामी पनि पर्न सक्छ । बच्चाको सास फेर्ने नली साँघुरिन्छ यस्तोमा खकार जमेर सास लिनमा कठिनाई हुन सक्छ ।

नवजात शिशुलाई चिसोबाट कसरी जोगाउन यस्तो गर्नुस्

–धुलो, धुँवादेखि नवजात शिशुलाई टाढा राख्नुपर्छ । धुलो, धुँवाले नवजात शिशुलाई दमको समस्या हुने, झाडापखला लाग्ने हुनसक्छ । त्यसैले घर वरपरको वातावरणमा पनि विशेष ध्यान दिनुपर्छ ।

–नवजात शिशुलाई दिनै नुहाउनुको सट्टा मनतातो पानीमा सफ्ट एन्टिब्याक्टेरियल लिक्वीड हालेर नरम कपडा भिजाएर पुछ्नुपर्छ ।

–मौसम बदल्ने वित्तिकै शिशुलाई न्यानो कपडा लगाइदिनु पर्छ । हल्का चिसो छ भनेर वेवास्ता गर्नु हुँदैन । शिशुलाई जहिले पनि मोजा टोपी लगाइदिनुपर्छ ।

–शिशुलाई मसाज एकदमै जरुरी हुन्छ । मसाज गर्दा तेललाई मनतातो बनाएर प्रयोग गर्ने गर्नुहोस् ।

–शिशुलाई न्यानो कपडा लगाइदिएर घाममा राख्नुपर्छ । बिहानको घाममा राख्दा ताजा हावाको साथै भिटामिन–डी पनि प्राप्त हुन्छ ।

–शिशु ६ महिना भन्दा बढी भएको छ भने खाना पनि खान्छ । खाना खुवाँउदा चिसो र बासी खाना खुवाउनु हुँदैन ।

–स्वेटर लगाउँदा राम्रो क्वालिटिको मात्र लगाइदिने गर्नुपर्छ । जस्तो पायो त्यस्तै क्वालिटिको कपडाले शिशुलाई एलर्जी हुनसक्छ ।

–नवजात शिशुको छाला एकदमै संवेदनशिल हुन्छ । त्यसैले संक्रमण हुने खतरा बढी हुन्छ । त्यसकारण शिशुलाई समाउन अघि साबुन पानीले राम्रोसँग धुनुपर्छ ।

–शिशुलाई आमाको दुध अघाउन्जेल खुवाउनुपर्छ । आमाको दुधमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ ।

Related Articles

Back to top button
Close