News

मौसम झनै डरलाग्दो बन्दै : आगामी ३ दिनको देशभरीको मौसम अपडेट

काठमाडौं । मौसम अझै डरलाग्दो बन्दै गइरहेको छ । प्रिमनसुन सुरु भएकाले हावाहुरी, बर्षा, असिना र चट्याङको भय बढेको हो । आज पनि मध्य तथा पूर्वी पहाडी भू–भागका केही स्थानहरुमा र पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने भएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाकाअनुसार स्थानीय वायुका कारण अन्य पहाडी भेगको मौसम आंशिक देखि सामान्य बदली रहनेछ। तराईका भूभागको मौसम भने सामान्यतय सफा रहने महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। अहिले बिहान पनि देशैभरको मौसम समान्यतया सफा रहेको छ। आज राति देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ।

तराईका भूभागमा मौसम सामान्यतय सफा रहेपनि मध्य तथा पूर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। यसैबिच आज बिहान काठमाडौं उपत्यकाको न्यनतम तापक्रम ७ दशमलब २ डिग्री मापन भएको छ। दिउँसो बढेर २४ डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान गरिएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/११/२० देखि २०७६/११/२२) जारी समय : बिहान ६:०० बजे नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-११-२० बिहान ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):- हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ ।

मौसमको अवस्था )Present Weather Status): हाल देशैभरि माैसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २० गते (मंगलबार)
दिउँसोः देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भू-भाग आंशिक बदली रहनेछ। तराई भू-भाग सामान्यतय सफा रहने छ । मध्य तथा पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भाग आंशिक बदली रहनेछ। तराई भू-भाग सामान्यतय सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २१ गते (बुधबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २२ गते (बिहिबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकि भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्यका थोरै स्थानहरुमा र पूर्वी पहाडका एक/ दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):- पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध छ।

Related Articles

Back to top button
Close