News

नदी किनारमा मोबाइल छाडेर प्रेमी प्रेमिकाले सप्तकोशी नदीमा हाम्फाले

विराटनगर, १९ फागुन । सुनसरीका एक युवक र युवतीले सप्तकोशी नदीमा हाम्फालेका छन् ।आइतबार दिउँसो देखि बेपत्ता भएका सुनसरीको बराहक्षेत्र नगरपालिका– ७ बस्ने १५ वर्षीय किशोरी मौसम बर्देवा रसोही वडाका १९ वर्षीय पारश लिम्बुले सप्तकोशी नदीमा हाम्फालेका हुन् ।मोबाइल र चप्पल कोशी किनारमा छाडेर हाम्फालेका दुबैको शव छुट्टा छुट्टै स्थानमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए ।उनका

अनुसार लिम्बु र बर्देवाबीच प्रेम सम्बन्ध थियाे सोमबार दिउँसो किशाेरीकाे शव भेटिएकाे स्थानबाट करिब ५ सय मिटरकाे दुरीमा युवककोपनि शव भेटिएको हाे ।बराहक्षेत्र नगरपालिका – ७ देवीघाट बस्ने बर्देवा र सोही वडाको सोमबारे बस्ने लिम्बुले आइतबार नै सप्तकाेशीमा हाम्फालेकाे देखिएकाे डिएसपी शर्माले बताए । सोमबार नदी किनारमा स्थानीयले किशोरीको शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । खाेजी गर्ने क्रममा प्रहरीले दुई जोर चप्पल र दुईवटा मोबाइल फेला पारेको थियो ।प्रहरी स्रोतका अनुसार समाजले स्वीकार नगर्ने डरले कोशीमा हाम्फालेको हुन सक्ने बताइएको छ ।

Related Articles

Back to top button
Close