News

दुनियाँलाई चकित पार्दै कक्षा ८ का विद्यार्थीले ड्रोन बनाएर उडाए

काठमाडौं, फागुन २०-सर्लाहीको लालबन्दीमा कक्षा ८ मा अध्ययरत एक विद्यार्थीले ड्रोन बनाएर उडाएका छन्। लालबन्दी गरपालिका ६ का अनिल मैनालीले ड्रोन निर्माण गरी सफलतापूर्वक उडाएका हुन्।

मेनाली लालबन्दी नगरपालिका ५ स्थित एभरेस्ट आवासीय विद्यालयमा अध्ययरत छन्।विदालयमा आयोजित विज्ञान प्रदर्शनी मेलामा मैनालीले ड्रोन उडाएर सबैलाई चकित पारेको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

ड्रोन बनाउन आवश्यक विभिन्न किसिमका औजार र र–मेट्रियल काठमाडौंलगायत ठाउँबाट ल्याएर जुटाएँ, विज्ञान प्रदर्शनीमा मैनालीले भने, मेरा अभिभावक, गुरु सबैले सहयोग गर्दा ड्रोन बनाउन सफल भएको हुँ।

आफूले आगामी दिनमा अझै प्रविधि र विज्ञान क्षेत्रमा नयाँ नयाँ काम गर्ने सोच बनाएको उनले बताए।

Related Articles

Back to top button
Close