News

देश र सरकारको जय गाउँदै भक्तपुर क्वारेन्टाइनमा बसेका विद्यार्थीहरु घर फर्किए

भक्तपुर, १९ फागुन । चीनबाट फर्केर १६ दिन देखि क्वारेन्टाइनमा बस्दै आएको नेपाली बिद्यार्थीहरु सोमबार जय नेपालको नारा लगाउदै घर फर्केका छन् ।
बिद्यार्थीहरुले नेपाल सरकारको प्रसंसा गर्दै क्वारेन्टाइनमा सेवा गर्ने सबैप्रति आभार समेत व्यक्त गरेका छन् । उनीहरु खुशीका साथ आफ्ना आफन्तहरुसंग घर फर्केका हुन् ।सोमवार स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विद्यार्थीहरुलाई क्वारेन्टाइनबाट बिदाई गर्नु भएको हो ।

राज्यमन्त्री रावतले क्वारेन्टाइनमा रहेका उहाँहरु सबैको स्वास्थ्य रिपोर्टमा कोरोनाको लक्षण नदेखिएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।क्वारेन्टाइनमा रहेका १७५ जनालाई ५वटा बसको व्यवस्था गरी खरिपाटीबाट काठमाडौंको बिभिन्न ठाउँसम्म पुर्याने व्यवस्था मिलाइएको थियो ।क्वारेन्टाइनमा बसेको बिद्यार्थीहरुले त्यहाँबाट छुटेर आफन्तहरु सँग घर जान पाएकोमा खुशीको सीमानै नभएको बताए । नेपाल सरकारले आफुहरुले सोचेको भन्दा धेरै राम्रो ब्यवस्थापन गरीदिएकोमा उनीहरु खुसी देखिएका थिए ।

Related Articles

Back to top button
Close