News

भोली र पर्सी कडा बन्दको आह्वान, उद्योग,कलकारखाना, व्यबसायसँगै सबै सवारी ठप्प[बिज्ञप्ति सहित]

मोर्चाले एक वि’ज्ञप्ति जारी गर्दै फागुन २० र २१ गते सशक्त आम ह’ड्तालको घोषणा गरेको हो । उक्त दिन कलकारखाना, उद्योगधन्दा, ब्यापार ब्यवसाय, शिक्षण संस्था लगाय सवारी तथा ढुवानीका सबै यातायात ठ’प्प बनाउँने मोर्चाको घोषणा गरेको छ । सम्बन्धित क्षेत्रलाई पत्र नै पठाए उक्त दिन बन्द गरिदिन मोर्चाले आग्रह गरिसकेको जानकारी दिएको छ ।

यो आम हड्ताललाई शसक्त बनाउन मोर्चाले अपिल समेत गरेको छ । आदीबासी थारु, थरुहट विरोधी संविधानका विभेदकारी धाराहरुको संशोधन, बजेट थारु मैत्रि हुनु पर्ने, सरकारसँग परिणामुखी बार्ता गरेर आफूहरुको माग पुरा गराउने, संघर्ष समितिका संयोजक धनिराम चौधरीसहित ११८ जनामाथि लगाईएको मुद्दा निसर्त खारेज गर्नु पर्ने लगायतका माग राख्दै आएका छन् ।

२०७२ साल भदौ ८ गते कैलालीको टिकापुरमा भएको घटनालाई राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने उनीहरुको मुख्य माग छ । मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले विनाकारण थुनामा रहेका प्रतिनिधि सभाका सदस्य रेशमलाल चौधरीसहितका व्यक्तिलाई तत्काल थुना मुक्त गरेर संविधानको सम्मान गर्नसमेत सरकारलाई आग्रह गरेका छन् । यस खालका बन्दले सर्वसाधारण जनतालाई नै नोक्सान हुँदै आएको छ ।

Related Articles

Back to top button
Close