News

प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समिक्षा टिचिङ अस्पताल पुगिन्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला ज्ञवाली टिचिङ अस्पताल पुगेकी छिन् ।दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नका लागि प्रधानमन्त्री ओली आज टिचिङ अस्पतालमा भर्ना हुँदैछन् । उनको बुधवार प्रा डा प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले बुधवार मिर्गौला प्रत्यारोपण गर्दै छ ।

नातामा भान्जी पर्ने समिक्षाले ओलीलाई मिर्गौला दिने तयारी गरिएको र उनको जाँच समेत यसअघि नै गरिसकिएको छ ।प्रधानमन्त्री ओली केही बेरमा अस्पताल पुग्नेछन् । टिचिङ अस्पतालका चिकित्सकहरु प्रधानमन्त्री ओलीको प्रतिक्षामा रहेका छन् ।

Related Articles

Back to top button
Close