Video

नायिका श्वेताले बनाउने भइन् क्यान्सर हस्पिटल

काठमाडौं । नायिका श्वेता खड्काले क्यान्सर हस्पिटल बनाउने भएकी छन् । सिन्धुपाल्चोकमा माझी बस्ती बनाइरहेकी नायिका श्वेताले ललितपुरको गोदावरीमा क्यान्सर हस्पिटल बनाउने भएकी हुन् । पति श्रीकृष्ण श्रेष्ठको क्यान्सरका कारण मृत्यु भएपछि श्वेताले नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर भवनको सोमबार गोदावरी–९ छम्पीमा शिलान्यास गरेकी छन् ।

पति श्रीकृष्णसहित पारिवारिक केही सदस्यको पनि क्यान्सरकै कारण मृत्यु भएपछि क्यान्सर अस्पताल खोल्ने निधोमा पुगेपछि नायिका श्वेताको आफ्नो नेतृत्वमा हस्पिटल निर्माणमा लागेकी हुन् ।

गोदावरी नगरपालिका र नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरबीचको सहमतिअनुसार २९ रोपनी जग्गा ४० वर्षका लागि भाडामा लिएर भवन निर्माण गर्न थालिएको हो । १०० शैय्याको क्षमताको बनाउन लागिएको अस्पतालको भवन निर्माणमा २ अर्ब रुपैयाँ लाग्ने र तीन वर्षमा सक्ने लक्ष्य लिइएको छ ।

Related Articles

Back to top button
Close