News

कोरोना त्रासले विभिन्न देशमा कार्यरत नेपाली स्वदेश फर्कन थाले

भाइरसको सं’क्रम’ण बढ्न थालेपछि त्यहाँ कार्यरत कतिपय नेपाली स्वदेश फर्कन थालेका छन् । कोरिया, जापान, कतार र यूयईलगायत श्रम गन्तव्यमा सं’क्रम’णदर बढ्न थालेपछि त्यहाँ कार्यरत नेपाली फर्कन थालेका हुन् ।

कतिपय सं’क्र’मित देशले अध्यागमन क्षेत्रबाटै कतिपय नेपालीलाई फर्काएका छन् । सं’क्र’मित देशबाट नेपाल फर्कने क्रम बढेसँगै नेपाल सरकारले पनि केही श्रम गन्तव्य जान रोक लगाउने तयारी गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

त्यस्तै नेपालका प्रमुख रोजगार गन्तव्य दक्षिण कोरियामा कोरोना (कोभिड–१९) भाइरसको सं’क्रम’णदर चार दिनमा ६ सयबाट बढेर बिहीबारसम्म १ हजार ८ सयको हाराहारीमा पुगेको छ । यसैगरी मलेसिया, जापान, यूएई, ओमानलगायतका देशमा समेत सं’क्रम’णदेखिइसकेको छ ।

कोरियाको प्रमुख औद्योगिक सहर थेगुको एक चर्च र अस्पतालबाट फैलिएको कोरोना भाइरस चार दिनमा तीन गुणा फैलिएपछि कोरियामा रहेका नेपालीमा त्रास फैलिएको छ । कोरियामा फैलिएको सं’क्रम’णमा हालसम्म मंगोलियन र चिनियाँ बाहेकका विदेशी नागरिकमा भने देखिएका छैनन् । सं’क्रम’ण फैलन नदिन कोरियाको थेगु सहरका सार्वजनिक स्थलमा समुहमा भेटघाट गर्न निशेध गरिएको गैरआवासीय नेपाली संघ कोरियामा पूर्वअध्यक्ष केपी सिटौलाले बिहीबार कारोबारसँगको फोन सम्पर्कमा आएको बताए ।

केही दिनअघि कोरियास्थित नेपाली नेपाली दूतावासले समेत सं’क्रम’णदर बढ्दो रूपमा रहेको जनाउँदै त्यहाँ रहेका नेपालीलाई होसियारी अपनाउन सूचना जारी गरिसकेको छ । वैदेशिक रोजगारीमा धेरै नेपाली रहेका देशमध्ये यूएईमा १३, इराकमा ६, इजरायलमा ३, जापानमा १८९ (डाइमन्ड क्रुज ७०५), कोरिया १ हजार ७६६, मलेसिया ३३ ओमान ४ जनामा कोरोना सं’क्रम’ण देखिएको छ । यसमध्ये जापान, कोरिया, यूएई, ओमानलगायतमा ५ लाखको हाराहारीमा नेपाली छन् ।

चीनबाहेक कोरोना सं’क्रम’ण भएका ५० देशमध्ये कोरियामा सबैभन्दा बढी बिरामी पत्ता लागेका छन् । जहाँ ३५ हजारभन्दा बढी श्रमिक र ७ हजारभन्दा बढी विद्यार्थी, व्यवसायी र अन्य पेशाकर्मी छन् । सं’क्रम’णदर हेर्दा चीनमा सुरुको सं’क्रम’णकै अवस्था कोरियामा देखिएको छ । कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र कोरियाले बिहीबार ४ बजेसम्मको कोरोना सं’क्रम’णको अवस्था सार्वजनिक गर्दै ८ घन्टामा १७१ जनामा सं’क्रम’ण देखिएको जनाएको छ ।

दक्षिण कोरियाको राजधानी सउल, अन्तर्राष्ट्रिय विमानस्थल भएको क्षेत्र इन्छन र औद्योगिक सहर थेगुमा सबैभन्दा बढी सं’क्रम’ण देखिएको छ । कोरिया सरकारले सं’क्रम’णदरलाई नियन्त्रण गर्न प्रयास गरिरहेको भएपनि चीनपछि धेरै रोगी भने कोरियामा देखिएका छन् । कोरियाका कतिपय रोजगारदाताले सं’क्रम’ण फैलने डरले कम्पनी बन्द गराएर श्रमिकलाई बिदा दिएका छन् भने विश्वविद्यालय बन्द गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलयले भने कोरियामा रहेका नेपाली कसरी सं’क्रम’णबाट जोगाउने भन्दा पनि त्यहा जाने नेपालीलाई तत्कालमा लागि जान रोक लगाउने योजना बनाएको छ ।सामाजशास्त्री एवम वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङ श्रम गन्तव्यमा देखा परेको महामारीको सं’क्रम’णदरलाई हेरेर तत्काललाई कुनै पनि श्रमिक त्यहाँका गन्तव्यमा पठाउन रोक लगाउनुपर्ने सुझाव दिएका छन् ।

नेपालको श्रम गन्तव्यमा सं’क्रम’ण बढ्दै जाँदा यसको असर नेपालको सामाजिक क्षेत्रमा मात्र नभइ देशकै रेमिट्यान्स प्रवाहमा समेत पर्ने देखिने वैदेशिक रोजगार बिज्ञ गुरुङ बताउँछन् । उनी भन्छन्, “यसले नेपाल आउने रेमिट्यान्समा त विस्तारै असर त पु¥याउछ नै, त्यसवाहेक नेपालमा सं’क्रम’ण भित्रने सम्भावना समेत रहन्छ ।”

Related Articles

Back to top button
Close