Video

भिडियो: ऋण लिएर बनाएको घर भत्किएको देखेपछि चल्यो बस्तीमा रुवाबासी, कोही बेहोस्

महोत्तरी। महोत्तरीको गौशलास्थित निगौल गाई गौशालाको जग्गामा बनेका घर–टहरा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको नेतृत्वमा भत्काइएको छ । वर्षाैंदेखि बस्दै आएको आफ्नो भत्काएपछि स्थानीयहरुमा रुवाबासी चलिरहेको छ ।

स्थानीयहरुले आफूहरु यस ठाउँमा वर्षाैंदेखि बस्दै आएको र सरकारले घर भत्काइदिएपछि घरबारबिहीन भएको भन्दै विलौना गरिरहेका छन् । आँखा अगाडी नै आफ्नो घर भत्किएको र सामान असरल्ल भएको देखेपछि कतिपय बेहास् भएर ढलेका छन् । केटाकेटी वृद्धवृद्धा, युवा सबैजसो रोइरहेका छन् ।

ऋण गरेर घर बनाएको र अब के गर्ने ? बस्ने कुनै विकल्प छैन कहाँ बस्ने भन्दै कराइरहेका छन्। चुनावका बेला भोट माग्न आउने तर अहिले आफूहरुको विजोग बनाउने र रमतिा हेरेर बसेको भन्दै राजनीतिक दलका नेतामाथि आक्रोश पोखिरहेका छन् । यस बस्तीमा ४ वटा पक्की र अन्य कच्ची घर तथा टहराहरु थिए ।

Related Articles

Back to top button
Close