Video

सिन्धुलीमा यसरी आकासमै बजाए पञ्चेबाजा (भिडियो सहित)

काठमाडौँ १८ फागुन / हाम्रो गाउँ घरमा घन्किने मौलिक पञ्चेबाजा पछिल्लो समय लोभ हुँदै गइरहेको बेला यसको प्रबधन र संरक्षणमा ‘कला घर सिन्धुली’ले विशेष अभियान चलाउँदै आएको छ । प्रगतिशील प्रतिभा केन्द्रले २०७५ सालबाट सुरु गरेको यस अभियानले अहिले चौतर्फी चर्चा बटुलिरहेको छ । समाजमा पञ्चेबाजा एक वर्ग समूहले मात्र बजाउनु पर्छ भन्ने सङ्कुचित धारणालाई चिरफार तथा लोकबाजा नौमती बाजाको प्रचार प्रबधनको स्वरूप यस अभियानमा लागिपरेको ‘कला घर सिन्धुली’ का अध्यक्ष नेपाली बाबु सुमन बताउँछन् ।

लोपोन्मुख पञ्चेबाजा संरक्षणमा कला घर सिन्धुलीले पछिल्लो समय किशोरीहरूलाई पनि सक्रिय बनाइरहेको छ । विवाह व्रतबन्ध, मेला महोत्सव लगायत विभिन्न कार्यक्रममा ‘बाजा सुन्दरी’ नामले परिचित किशोरीहरूको एक समूहले मनोरञ्जन दिँदै आएको छ । कला घर सिन्धुलीका किशोरी समूहले पञ्जे बाजा बजाएर र्‍याप्टिङ र प्याराग्लाडिङ गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एक साहसिक र खतरा खेल प्याराग्लाडिङमा पञ्चेबाजा बजाएर इतिहास रचेका ‘बाजा सुन्दरी’ हरूको रमाइलो भिडियो हेर्नुहोस् । “बाजा सुन्दरीहरू” रिता थिङ – ट्याम्को, सञ्चिता थापा मगर – सहनाई, पवित्रा रम्जेल – सहनाई, निरुता लामा – बाजा, पूजा गौतम – झ्याली

Related Articles

Back to top button
Close