News

आफूभन्दा १० वर्ष जेठी पत्नी प्रियंकाको उमेरलाई लिएर निकको यस्तो खुलासा

काठमाडौं, १७ फागुन । बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग विवाह गर्नु भयो । उहाँहरुको विवाहपछि सामाजिक सञ्जालमा निक र प्रियंकाको निकै चर्चा समेत भयो । उहाँहरुको जोडीलाई धेरैले मन पनि पराए ।

तर यो जोडी ट्रोलमा पनि उत्तिकै छायो । प्रियंकाभन्दा १० वर्ष कान्छा निक उमेरकै कारणले समय सयममा चर्चामा आइरहनुहुन्छ । प्रियंका अहिले ३७ वर्षकी हुनुभइसकेको छ । निक २७ वर्षका मात्र भएका छन् । समय सयममा उमेरको विषयलाई लिएर उहाँहरुमाथि प्रश्न उठ्ने गर्छ ।

पछिल्लो समय एउटा रियालिटी शोमा निर्णायकको भूमिकामा रहनु भएका निकलाई एकजनाले उहाँहरुको उमेरलाई लिएर प्रश्न गरेका छन् ।निकले आफूलाई आफ्नी पत्नीको उमेरले केही फरक नपार्ने बताउनु भएको छ । निकले भन्नु भयो, ‘म २७ वर्षको भएँ । मेरी श्रीमती ३७ वर्षकी भइन् ।’ उहाँले सञ्चार माध्यमले जति उमेरलाई चासो दिएपनि आफूलाई केही फरक नपर्ने बताउनु भएको छ ।

Related Articles

Back to top button
Close