News

यी हुन् प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवक रतन तिरुवा भएको पत्ता लागेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले रिपोर्टर्स नेपाललाई जानकारी दिए । प्रहरीका अनुसार उनी जुम्ला घर भएका हुन् ।
२२ वर्षीय तिरुवा पूर्व लडाकु हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । तिरुवा कम्युनिष्ट विचारधाराका हुन् । उनले आफ्नो फेसबुक पेजमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङको तस्बिर राखेका छन् । उनले कम्युनिष्ट विचारका नारा समेत राखेका छन् ।युवकलाई अनामनगरस्थित महानगरी प्रहरी वृत्त सिंहदरबारमा लगिएको छ । उनीमाथि अनुसन्धान अगाडि बढाइएको छ ।-Photo Source: FB

Related Articles

Back to top button
Close