Video

दोश्रो बिवाह गरेकी अभिनेत्री प्रियंका कार्कीको बिवाहमा भएको थियो यस्तो अचम्मको घटना, दवावमै यस्तो सम्म गर्न लगाइयो (भिडियो)

काठमाडौं । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले फागुन १६ गते विवाह गरेका छन्। लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका यो जोडीले सेलिब्रेटीलाई शनिवार नै रिसेप्सन पार्टी दिएका छन्। परिवार, चलचित्रकर्मी र संचारकर्मीलाई संयुक्त रुपमा पार्टी दिएका हुन्। उनीहरुको विवाह हिन्दु धर्म परम्परा अनुसार भएको थियो । उनलाई अन्तिममा भाईले बोकेर अन्माएको तस्बिर पनि सार्वजनिक भएको छ । भाइले बोकेर अन्माउँदा प्रियंका निकै भावुक देखिएकी थिइन् ।

नेपाली चलचित्र क्षेत्रका दुई सफल कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशीले आफ्नो स्वयम्बरको तस्विर पनि सार्वजनिक गरेका छन्। शनिवार मात्र विवाह गरेका यो जोडीले सामाजिक संजालमा तस्विर सार्वजनिक गरेका हुन्। बुढानिलकण्ठ स्थित पार्क भिलेजमा यी दुवैले विवाह गरेका थिए। तर प्रियंकाको यो भन्दा पहिले नै एउटा बिवाह असफल भएपछि उनले दोश्रो बिवाह गर्दै थिइन् । उनले कलाकारितामा जना चाहने र उनका पुर्व श्रीमानले कलाकारितामा रोग लगाएका कारण उनीहरुको सम्बन्ध टुटेको थियो ।

उनीहरुको बिहेमा मेहन्दी, संगीत सेरेमोनीदेखि कोर्ट म्यारिज र परम्परागत बिहे सबै भयो । उनीहरुले, बिहे पार्टी पनि आयोजना गरे । उनीहरुको बिहे पार्टीमा बाहेक अन्य स्थानमा मिडियालाई खबर गरिएको थिएन । सायद, यही भएर पनि मिडियाकर्मीले उनीहरुको गोप्यताको सम्मान गर्दै तस्वीरका लागि प्रियंका र आयुष्मानको सामाजिक संजाल नै पर्खिएका थिए ।

शुक्रबार बेलुकी ६ बजेपछि पार्टी आयोजना गरिएको थियो । दिनभर उनीहरुले धुमधामले बिहे गरेका थिए । बेलुकी साढे ५ बजेतिर पार्टीमा सहभागी हुन भन्दै अतिथीहरु आउने क्रम सुरु भएको थियो । केही फोटोपत्रकार पनि बिहे परिसरमा पुगेका थिए ।

यहाँ प्रस्तुत गरेका ४ तस्वीर डिलिट गर्न लगाइएको थियो । जसलाई रिकभर गरेर सार्वजनिक भएको छ । यो तस्वीरमा न कुनै खराबी छ, न गोप्यता भंग नै गरिएको छ ।
यो तस्वीर सार्वजनिक गर्नै नहुने खालको पनि थिएन । अर्कोतिर, देशकै एक चर्चित सेलिब्रिटीको बिहेलाई मिडियाले महत्व दिनु सामान्य कुरा हो । तर, तस्वीर खिचेका फोटोग्राफरले ठूलै गल्ती गरे जसरी उनीहरुको तस्वीर डिलिट गर्न लगाइयो । मिडियाले कलाकारको गोप्यता भंग गरेको भनियो ।

Related Articles

Back to top button
Close