News

यो वर्ष हामी नै आफ्नो देश घुमेर भ्रमण बर्ष सफल पारौं – रवि लामिछाने

काठमाडौं १८ फागुन / चीनबाट फैलिएको कोरोनाभाइरस संसारकै लागि टाउको दुखाईको विषय बनेको छ । नेपाल छिमेकी देश भएकाले पनि यो निकै जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले समेत जनाइसकेको छ ।

यही विषयलाई मध्यनजर गर्दै सरकारले विदेशमा हुने भ्रमण वर्षको प्रचारात्मक कार्यक्रम सबै स्थगन गर्ने निर्णय गरेको छ । हरेक वर्ग र पेसामा आबद्ध मानिसहरूले सरकारलाई भ्रमण वर्ष स्थगित गर्न आग्रह गरिरहेका छन् ।

यसैक्रममा चर्चित सञ्चारकर्मी रवि लामिछानेले पनि नेपाल भ्रमण वर्ष फिर्ता गर्नु बुद्धिमानी हुने तर्क गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत लामिछानेले सरकारसँग सो आग्रह गरेका हुन् ।

‘संसारभरिका करिब ५० देश कोरोना संक्रमणले आक्रान्त छन् । यस्तो बेलामा नेपाल भ्रमण वर्ष फिर्ता गर्नु बुद्धिमानी हुन्छ जस्तो लाग्छ। पैसा नआएर फरक पर्दैन, रोग आयो भने सर्वस्व सकिन्छ।

बरु यो वर्ष हामी नै आफ्नो देश घुमौ। आन्तरिक पर्यटनबाट टेवा दिउँ। चार वर्षमा पाएको पहिलो शनिबारको छुट्टी मनाउन हामी त रमणीय नगरकोट पुग्यौ। प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरकोट,तपाईंको पनि गन्तब्य बन्न सक्छ। भ्रमण वर्षलाई स्थगन गरौं,आन्तरिक पर्यटनमा जोड दिउँ,’ रविले लेखेका छन् ।

Related Articles

Back to top button
Close