News

यी हुन् आफ्नो जन्मदिनमा असहायलाई घर बनाईदिने युवा

राज दयाल, ओखलढुंगा : आफ्नो जन्मदिनको अवशरमा जिल्लाको एक २० वर्षिय युवकले स्थानिय एक घर विहिन परिवारलाई घर बनाईदिएका छन् । जिल्लाको चम्पादेवी गाउँ पालिका ५ फेदि गुठका युवा मनोज बुढाथोकीले स्थानिय गोमा नेपालीको परिवारलाई बस्ने घर बनाईदिएका हुन् । आर्थीक अवस्था अत्यन्तै कमजोर भएको र श्रीमानले पनि हेरचाह नगरेका कारण २ छोरा सहित वाँस र पालको कटेरोमा क’ष्टकर जिवन विताउँदै आएकी गोमालाई बुढाथोकीले जस्ताको छाना सहितको १ तले घर बनाई दिएका हुन् ।

यसअघि श्रीमानले वेवास्था गरेपछि माईत आएर बस्दै गरेकी नेपालीलाई बाँसको कटेरो पनि बुढाथोकी र स्थानियले बनाईदिएका थिए । अहिले निज नेपालीकै दाईको जग्गामा बुढाथोकीले करिब २५ हजार व्यक्तिगत खर्चमा जस्ताको छाना सहितको घर बनाई दिएका छन् । घर निर्माणका लागि स्थानिय डकर्मीहरुले बुढाथोकीकै पहलमा निशुल्क काम गरेका थिए भने अन्य स्थानियले पनि काठपात लगायतका सहयोग गरेका छन् ।

केहि दिन अघि निर्माण सम्पन्न भएको उक्त घर आज -शनिबार_ आफु १९ वर्ष पुरा गरी २० वर्षमा प्रवेश गरेको अवशरमा उनले गोमालाई ह’स्तान्तरण गरेका छन् । घर हस्तान्तरण गर्दै बुढाथोकीले जन्मदिनको नाममा फजुल खर्च गर्नुभन्दा गाउँमा क’ष्टकर जिवन विताई रहेकी चेलीको केहि हदसम्म भएपनि सहयोग गर्ने उदेश्यले घर बनाईदिएको बताए । सानैदेखी सामाजिक काममा आप्mनो रुची रहेकाले एउटी असहाय गाउँले चेलीको सहयोग गर्न पाउँदा आफुलाई निकै आत्मसन्तुष्टी मिलेको उनको भनाई छ ।

एउटा सामाजिक काम भएकाले यसमा परिवारले समेत आफुलाई भरपुर साथ दिएको बुढाथोकीले बताए । नयाँ घर पाए पछि गोमाको परिवार पनि खुसी भएका छन् । एउटा १९÷२० वर्षको युवाले आप्mनो साथीभाईसंग मिलेर रमाईलो गर्दै जन्मोत्सव मनाउन पर्ने बेलामा आफुहरुलाई यस्तो ठुलो सहयोग गर्नु निकै प्रसंसनिय र उदाहरणीय भएको गोमाले बताईन । पालमा वस्दा २ छोरा र आप्mनो कैयौँ रात चिसो, पानी र हावाहुरीका कारण अनिदोमा वितेको भन्दै आफुहरुलाई घर बनाईदिने युवा भगवान बनेर आएको गोमा को भनाई छ ।

Related Articles

Back to top button
Close