News

कास्कीमा नेकपाकी विद्या भट्टराईको सानदार अग्रता

पोखरा । कास्की क्षेत्र नम्बर २ मा शनिवार भएको उपनिर्वाचनको जारी मतगणनामा नेकपाकी विद्या भट्टराईले सानदार अग्रता लिनु भएको छ । भर्खरै सार्वजनिक परिणाम अनुसार उनले ३ हजार २७६ मत ल्याउँदा काँग्रेसका उम्मेद्वार खेमराज पौडेलले २हजार ११५ मत ल्याउनु भएको छ ।

सिरहा । उपनिर्वाचन २०७६ अन्तर्गत सिरहाको कल्याणपुर नगरपालिका–१२ मा नेकपाका उम्मेदवार दिलिप कुमार यादव विजयी भएका छन् । स्थानिय तह अन्तर्गत कल्याणपुरमा भएको निर्वाचनमा कुल ३४५० मतदातामध्ये २४८१ ले मत खसालेका थिए ।

खसेको मत परिणमबाट यादवले निकटतम प्रतिद्वन्दी राजपा नेपालकाका उम्मेदवार प्रदिप महतोलाई १७१ मतअनतरले हराएका हुन् । यादवले ८२५ मत प्राप्त गरि विजय हासिल गरेका छन भने राजपा नेपालका उम्मेदबार प्रदिप महतोले ६५४ मत प्राप्त गरेका थिए ।

Related Articles

Back to top button
Close