Video

हेमाले रुँदै भनिन्, ‘मलाई आठ ‘ला’ठी प्र’हा’र गर्ने प्रहरीलाई कारबाही हुनुपर्छ, नभए राष्ट्रपति भवन अगाडि धर्ना बस्छु’

काठमाडौँ– केही महिनायता हेमा श्रेष्ठ सामाजिक सञ्‍जालहरुमा भाइरल छिन्। काखमा बच्चा च्यापेर न्यायका लागि प्रहरी कार्यालयमा भौतारिरहेको हेमाका भिडियो यूट्युबमा बढी खोजिएका सामग्रीहरुमध्ये पर्छन्।

संखुवासभाको तत्कालिन जलजला गाविस स्थायी घर भएकी ३३ वर्षीया हेमा अदालतबाट फ‍ैसला हुँदासमेत श्रीमानबाट न्याय नपाएको गुनासो गर्दै आएकी छिन्। हेमाको केही वर्षअघि संखुवासभाको जलजलाकै दोर्छो शेर्पासँग विवाह भएको थियो।

विवाहपछि उनीहरुबाट एउटा छोरी जन्मियो। तर शेर्पाले उक्त छोरी आफ्नो नभएको दावी गरेपछि हेमा अदालतको शरण पुगिन्। अदालतले छोरी शेर्पाकै भएको भन्दै नाता कायम गरिदियो। त्यतिमात्र होइन, मानाचामल भराउने आदेश पनि दियो। तर त्यसपछि शेर्पा सम्पर्क बाहिर भए। श्रीमानले जिम्मेवारी पुरा नगरेको भन्दै हेमा अहिले न्यायका लागि लडिरहेकी छिन्।

प्रहरीले शेर्पाको खोजि भइरहेको बताएपनि हेमाले चित्त बुझ्दो जवाफ भेटिरहेकी छैनन्।

उनै हेमालाई बिहीबार भैसेपाटीस्थित एक निजि निवासमा प्रहरीले नि’र्मम कु’ट’पि’ट गर्‍यो। त्यहाँ उनी आफ्नो न्यायका लागि भने गएकी थिइनन्। माला शाह नाम गरेकी एक महिलाले आफुलाई हेम खत्रीले लामो समय सम्बन्धमा रहेर धोका दिएको दावी गर्दै खत्रीको घर घेर्न केही अधिकारवादीलाई लिएर पुगेकी थिइन् जसमा दुधे बालक च्यापेर हेमा पनि मिसिएकी थिइन्। घरबाट ती महिलाहरुलाई निकाल्नेक्रममा प्रहरी निरिक्षक देवीप्रसाद पौडेलले बालक च्यापिरहेकी हेमालाई ल’खे’टी ल’खे’टी पि’टेका थिए। खत्री नेपाली सेनाका पूर्व जर्नेल पनि हुन्।

भैँसेपाटी प्रहरी प्रभागका प्रमुख पौडेल आफै घटनास्थल पुगेर हल्ला गरिरहेका महिलामाथि हा’तपा’तमा उत्रिएका थिए। सामान्यतया महिलालाई नियन्त्रणमा लिन महिला प्रहरी नै परिचालन गर्नुपर्ने कानुनी व्यवस्था छ।

ललितपुर प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले घटनाको छानबिन गर्न एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको र प्रहरी निरीक्षक पौडेलसँग तत्काल स्पष्टीकरण सोध्ने निर्णय पनि भएको जानकारी दिए।

‘स्थिति नियन्त्रणमा लिन हामीबाट अलिक बढी बल प्रयोग भएकै हो। मैले तीन सदस्यीय छानबिन समिति गठन गरेर तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छु। प्रहरी निरीक्षक पौडेलसँग स्पष्टिकरण सोध्ने पनि काम हुन्छ। त्यसपछि आवश्यक कारबाहीका विषयमा अगाडि बढ्ने छौँ ‘, एसएसपी राईले भने।

हेमासहित केही महिला र युट्युबरलाई लिएर आफूलाई पूर्व जर्नेल खत्रीकी प्रेमिका दावी गर्ने माला शाह बिहीबार भैसेपाटीस्थित खत्रीको घरमा पुगेकी थिइन्। त्यतिबेला खत्रीको घरमा उनकी छोरी मात्र रहेको प्रहरीले जनाएको छ।

त्यस्तै हेमाले यो घटनामा आफू दोषी ठहर भएमा जस्तोसुकै कारबाही भोग्न पनि तयार रेहेकी उनले बताइन् । अहिले आफू बोल्न सक्ने भएपनि अवस्था भने ग’म्भीर भएको बताएकी छन् ।

उनले भनिन्, ‘दुवै खुट्टाको पछाडिको भागमा नि”ल डा”म छ । देब्रे खुट्टालाई चलाउनै हुँदैन । प्रहरी चौकीमा पुगेपछि मलाई किन ‘कु’ट्नु’भयो । मलाई उपचार गर्नुहोस् भन्दा प्रहरीले मलाई केही प्रतिक्रिया दिन मानेनन् । घर जानुस् भनेर पठाए ।’

उनले ग्रीन सिटी अस्पताल बसुन्धारामा उपचार गराएकी बताउँदै भनिन्, ‘मेरो दुई/दुई वटा बच्चा छन् । अस्पतालमा बच्चालाई समातेर बस्न सकिन । त्यसैले एक रात अस्पतालमा बसेर आज विहान मात्रै कोठा आएर आराम गरिरहेको छु । अहिलेपनि घाउको ड्रेसिङ गरिरहेकी छु ।’

यसैबीच उनले आफू श्रीमान पीडित भएको बताउँदै भनिन्, ‘म श्रीमान पीडित महिला हुँ । मेरो श्रीमान कपनको डन हो । आफ्नो छोरा÷छोरी लागि उनको खोजी गरिरहेकी छु ।’

उनले फेरि भनिन्, ‘मिडियाकै अगाडि मलाई ला’ठी प्र”हा’र गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । मलाई न्याय दिनुपर्छ । यदि कारबाही गरिएन भने म राष्ट्रपति भवन अगाडि गएर धर्ना बस्नेछु । किन भने राष्ट्रपति पनि महिला नै हुनुहुन्छ ।’

Related Articles

Back to top button
Close