News

२२ महिनामा क्रिकेट रंगशाला बनाइसक्छौ : धुर्मुस

चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अबको २२ महिनाभित्र तयार हुने धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताएका छन् ।

नरेफाँटस्थित लालीगुराँस बाटिका माद्यमिक विद्यालयको १४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै धुर्मुशले अबको चार महिनाभित्र नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल मैदान तयार गर्न लागेको बताए ।

सो अवसरमा विद्यालका अभिभावक र विद्यार्थीबाट संकलित करिब १ लाख ५ हजार रुपैयाँ ग्रहण गर्दै उनले रंगशालाका लागि सहयोग संकलन तीव्रगतिमा भइरहेको पनि जानकारी दिए ।रंगशालाको काममा दैनिक ३६३ व्यक्ति खटिरहेको बताउदै उनले ३५३ जनाले रोजगारीमा काम गरिरहेको र आफुहरु जस्तै १० जना स्वयमसेवक काम गरिरहेको बताए ।

अब श्रमिकको संख्या पनि बढाएर अबको चार महिनाभित्र नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल मैदान तयार गर्न लागेको उनले बताए । उनले ३० हजार दर्शक क्षमताको रंगशाला २ महिनाभित्रमा ठडिने पनि जानकारी दिए ।

Related Articles

Back to top button
Close