News

आज देखि अमेरीकाले नेपाली कामदार लैजाने यस्तो छ प्रक्रिया सक्दो शेयर गरौ

अमेरिकाले कामदार (एचवान बी भिसा) खुल्ला गरेको छ । आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र आवेदकले अनलाइन दर्ता गराउनु पर्नेछ । नेपाली समय अनुसार फागुन १८ गते देखि चैत्र ७ गते दिउँसो १२ बजेदेखिसम्म दर्ता गर्ने समय तोकिएको छ ।
हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ । उक्त नम्बर रजिस्ट्रेशन ट्रयाक गर्ने प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ । तर उक्त नम्बर केस नम्बर नभएका कारण युएससीआईएसको केस स्टाटस हेर्न भने प्रयोग हुनेछैन ।कामदार भिसा एचवानबीमा दर्ता गर्नका लागि १० डलर दर्ता शुल्क तिर्नुपर्नेछ । गत नोभेम्बरमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम नियम प्रकाशित गर्दै कामदार भिसा एचवानबीका

लागि दर्ता शुल्क १० डलर लिने जानकारी दिएको थियो ।यो बर्षदेखि अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याएको हो । विद्युतीय रुपमा दर्ता हुने बाहेक अरु नियम सन् २०१९ देखि नै लागु गरिएको थियो ।यसैबर्षदेखि लागु नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल बनाएको छ ।तर अमेरिकन डिग्री होल्डरका लागि भने विगतको तुलनामा निकै सहज बनाएको छ । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो ।एचवानबीमा दर्ता भएका श्रमिकको आवेदनहरुलाई लोटरीको माध्यमबाट छनोट गरिने छ । त्यसपछि छानिएका आवेदनहरुमध्येबाट थप अन्य प्रक्रिया सुरु हुने बताइएको छ ।श्रमिकले भने भिसाका लागि भने रोजगारदाता कम्पनी खोजेर आवेदन दिनुपर्ने भएको छ । आवेदनबाट छनौटमा परेका श्रमिकले भने अमेरिकी रोजगारदाता कम्पनीमा सिधै सम्पर्क गर्ने सकिने जनाइएको छ ।

एचवानबी भिसामा कति छन् नेपालीहरु ?

अमेरिकामा एचवानबी भिसामा रहेका र उनीहरुका डिपेन्डेन्ट नेपालीहरु झण्डै ३ हजारको हाराहारीमा रहेका छन् । सन् २०१५ (आ.ब.) मा एचवानबी भिसा स्टेटसमा रहेका नेपालीहरुको संख्या १२४४ रहेको थियो भने त्यो भन्दा धेरै संख्यामा उनीहरुका डिपेन्डेन्टहरु रहेका थिए ।त्यस्तै सन् २०१४ मा एचवानबी भिसा स्टेटसमा रहेका नेपालीहरु ११२७ जना रहेका थिए भने सन् २०१३ मा १०१८ जना नेपालीहरु एचवानबी भिसा स्टेटसमा रहेका थिए । सन् २०१२ मा १०३० नेपालीहरु एचवानबी भिसा स्टेटसमा रहेका थिए भने सन् २०११ मा १०४३ जना नेपालीहरु एचवानबी भिसा स्टेटसमा रहेका थिए । त्यस्तै सन् २०१० मा ९९१ नेपालीहरु एचवानबी भिसा स्टेटसमा रहेका थिए ।पहिलोपटक तीनवर्षका लागि एच वान बी भिसा प्राप्त हुने र त्यसपछि थप तीनवर्षका लागि रिन्यु गर्न पाइने भएका कारण सन् २०११ मा पहिलोपटक एचवान बी भिसा प्राप्त गर्नेहरु समेत अहिलेसम्म भिसाबाहक विदेशी कामदारका रुपमा गनिन्छन् । हाल हरेक वर्ष ८५ हजारले एचवान बी भिसा प्राप्त गर्नसक्ने अमेरिकी कोटा रहेको छ । ६५ हजार नियमित र २० हजार अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुले एच वान बी भिसा प्राप्त गर्न सक्नेछन् ।

Related Articles

Back to top button
Close