Entertainment

बेहुला–बेहुली बन्दा यस्तो देखिए प्रियंका र आयुष्मान

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले आज सामाजिक परम्परा अनुसार बिबाह गरेका छन् । प्रियंका र आयुष्मानको बिहे अहिले काठमाण्डौको एक होटलमा चलिरहेको छ ।

बिहिबार मात्र उनीहरुले कानुनी रुपमा बिहे गरेका थिए । तर, उनीहरुले आज परम्परा अनुसार बिहे गरेका हुन् । बिबाहमा केही चलचित्रकर्मी, उनीहरुका आफन्त र परिवार उपस्थित छन् । प्रियंका र आयुष्मानको बिहेपश्चात आज नै बेलुकी पार्टीको समेत आयोजना गरिएको छ । केही बर्ष प्रेम सम्बन्धमा रहेपछि उनीहरुले बिहे गरेका हुन् । उनीहरुको बिहे अगाडि मेहेन्दी, संगीत सेरेमोनी आयोजना गरिएको थियो ।

अन्य समाचार : अम्बिकाको ‘डोली सजाई’मा पलको रोमान्स अभिनेता पल शाह चलचित्र र म्युजिक भिडियोमा समानन्तर छाउने गर्छन् । अहिले पलको केही चलचित्र प्रदर्शनको मुखमा छ । यही बेला उनी अभिनित म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । पललाई रेश्मा घिमिरे र केशव सापकोटाले साथ दिएका छन् । गीत हो, डोली सजाई । गीतकार हुन्, अम्बिका गुरुङ ।

सुगम पोखरेल र दुर्गा खरेलले गाएको गीतमा संगीत भने अर्जुन पोखरेलको छ । उक्त गीतको म्युजिक भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् । कोरियोग्राफी पनि उनकै हो । विवाहको पृष्टभूमीमा छायांकन गरिएको यो गीत रोमान्टिक शैलीको छ । म्युजिक भिडियोको छायांकन भने अर्जुन तिवारीले गरेका हुन् ।

Related Articles

Back to top button
Close