News

युवास्टार नायक अनमोल केसीविरुद्ध महानगरीय प्रहरीमा उजुरी

काठमाडौं १६ फागुन / पछिल्लो समय नेपाली चलचित्रमा सर्वाधिक चर्चा कमाउन सफल युवास्टार नायक अनमोल केसी वि’रुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीवि’रुद्ध ठगी गरेको अभियोगमा उ’जुरी परेको हो ।

फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठ’गी गरेको भन्दै प्रहरीमा उ’जुरी परेको हो ।

फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीवि’रुद्ध जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले पुष्टि गरे ।

झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त रहेका अनमोल केसी अर्को नयाँ चलचित्र “पारस” मा पनि अनुबन्धित भएको खबर केहिदिन अगाडि मात्र सामाजिक सञ्जालमा छाएको थियो ।

Related Articles

Back to top button
Close