News

समयमै बाटो बनेन भने साँच्चै अनशन बस्छुः प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समयमै बाटो बनेन भने आफू साँच्चै अनशन बस्ने बताएका छन्। सामान्य बाटो पनि नबनेर वर्षौदेखि जनताले दुःख पाइरहने अवस्था रहेको भन्दै उनले प्रदेश नम्बर २ को पिपरामा बाटो बनेन भने साँच्चै अनशन बस्ने बताएका हुन्।

बिहीबार सुदुरपश्चिम प्रदेशको धनगढी पुगेका प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै आफू अनशन बस्छु भनेपछि जनतामा भरोसा भएको पनि दाबी गरेका छन्। उनले पिपरामा बाटो नबने अनशनमा बस्ने बताएका हुन्।

प्रचण्डले मंसिर १० गते निजगढमा नेकपाले गरेको कार्यक्रममा मधेशका जनताले दुस्ख पाए अनशन बस्ने बताएका थिए। प्रदेश नम्बर २ को विकासमा ठेकेदारका कारण पनि ढिलासुस्ती भएको भन्दै प्रचण्डले त्यसबेला अनशन बस्ने बताएका थिए।

Related Articles

Back to top button
Close