News

ओलीलाई सोमबार सम्मको अल्टिमेटम, भाडभैलो हुने संकेत !

काठमाडौं– प्रधानमन्त्री केपी ओलीलाईले सोमबारसम्म उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सचिवालयको निर्णय नमाने जे पनि हुन सक्ने चेतावनी नेताहरुले दिएका छन्।शुक्रबार खुमलटारस्थित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको केन्द्रीय सचिवालयका चार सदस्यको बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन ओलीलाई सोमबारसम्मको म्याद दिइएको हो ।

स्रोतका अनुसार गौतमलाई राष्ट्रिय सभामा लगेर अर्थमन्त्री डा.युवराज खतिवडालाई अन्यत्रै व्यवस्थापन गर्न पनि खुमलटार बैठकले ओलीलाई सुझाव दिएको छ ।बैठकमा प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम सहभागी भएका थिए । उनीहरूले पार्टी अध्यक्षसमेत रहेका ओलीलाई उनी निकटमार्फत सन्देश पठाएको बताइन्छ ।यदि सोमबारसम्म गौतमलाई राष्ट्रिय सभाको सदस्य मनोनीतका लागि राष्ट्रपतिलाई सिफारिस नगरे प्रधानमन्त्री ओलीलाई हटाउनेसम्मको रणनीतिसमेत बनेको स्रोतले बतायो ।

Related Articles

Back to top button
Close