भिडियो

प्रियंका र आयुष्मानको विवाह : बेहुली जस्तै सिंगारिएको विवाह मण्डप (भिडियाे)

काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीबीच शुक्रबार सामाजिक परम्पराअनुसार विवाह हुँदैछ । बिहीबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी विवाह गरेका उनीहरुबीच शुक्रबार सामाजिक परम्पराअनुसार विवाह हुन लागेको हो । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले अब वैवाहिक सम्बन्ध कायम राख्न शुक्रबार लगनगाँठो कस्न लागेका हुन् ।उनीहरुको वैवाहिक कार्यक्रम बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुँदैछ । प्रियंका र आयुष्मानको वैवाहिक कार्यक्रमको लागि पार्क भिलेज रिसोर्टमा बनाइएको मण्डपलाई बेहुलीझैं सिंगारिएको छ । पार्क भिलेजको द्वारदेखि वैवाहिक कार्यक्रम हुने स्थान तथा मण्डपलाई आकर्षक बनाइएको छ ।

Related Articles

Back to top button
Close