News

दिउसो घाम लागेपनि अपराह्नपछि वर्षाको सम्भावना

काठमाडौँ-आज देशका कुनै पनि मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहेपनि परान्ह पश्चात देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का बर्षाको सम्भबना रहेको छ ।राति देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ। अहिले काठमाडौमा घाम लागिरहेको छ ।घाम लागेपछि चिसो घटेर तातो महशुस गरिएको छ ।

Related Articles

Back to top button
Close