News

काठमाडौँ कीर्तिपुरमा माइक्रोबसबाट खसेर एक युवकको मृत्यु

काठमाडौँ १५ फागुन / राजधानीको कीर्तिपुरमा माइक्रोबसबाट खसेर एक युवकको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका ४ गैडाखेडाका अाशिष भट्टको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो ।

उनी फागुन १२ गते बिहान अफिस जाने क्रममा किर्तिपुरमा माइक्रोबाट खसेर घाइते भएका थिए । भट्टको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य समाचार

आयुष्मान देशराज जोशी र प्रियंका कार्की बिबाह बन्धनमा बाँधिएका छन् । फागुन १५ गते, बिहिबार प्रियंकाको जन्मदिनको अवसर पारेर आयंका जोडीको बिहे गरेका हुन् ।

पारिवारिक सदस्यहरुको उपस्थितिमा आयुष्मान र प्रियंकाले कानुनी रुपमा ललितपुर जिल्ला अदालतमा विवाह गरेका हुन् । त्यस्तै उनीहरु सामाजिक प्रचलन अनुसार फागुन १६ गते शुक्रबार विवाह गर्दैछन् ।

प्रियंकाले आफ्नो अफिसियल ईन्स्टाग्राम अकाउन्टबाट आयुष्मान र आफ्नो बिहेको फोटो सेयर गरेकी छिन् । लामो समयको प्रेम सम्बन्ध पश्चात आयुष्मान र प्रियंकाले बिहे गरेका हुन् । दुबैलाई बैबाहिक जीवनको शुभकामना ।

Related Articles

Back to top button
Close