News

बास्कोटाको टेप प्रकरणबारे बोले ओली , टेप बाँस्कोटाकै हो भन्ने प्रमाण छैन

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटाको टेप प्रकरणबारे मुख खोलेका छन्। बिहीबार राजधानीमा आयोजित बागमती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा नेकपा अध्यक्ष समेत रहेका ओलीले कमिसन प्रकरणलाई लिएर तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि लागेको आरोप प्रमाणित भइनसकेको बताए। बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्विस कम्पनीका नेपाली एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो केही दिनअगाडि सार्वजनिक भएको थियो। अडियो सार्वजनिक भएपछि दुई अध्यक्षको निर्देशनपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए।

बाँस्कोटाको सोही टेपको कार्यकर्ताबीच प्रधानमन्त्री ओलीले बचाउ गरेका हुन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई स’म्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले भने, ‘आफूमाथि बा’त लागेपछि गोकुल बास्कोटाले रा’जीनामा दिनुभएको हो । आ’रोप लागेको छैन, मु’द्दा लागेको छैन ।’बास्कोटा स्वंयमले अडियो आफ्नो नभएको र न्या’य खोज्छु भनेको उनले सुनाए । भ्रष्टाचार भए नभएको छा’नबिन हुने भन्दै उनले भने, ‘यो आ’न्दोलनलाई ब’द्नाम गर्ने र नेताहरुको च’रित्र ह’त्या गर्ने ष’ड्यन्त्र भइरहेकेा छ ।’ यदि भ्रष्टाचार भएको भए का’रबाही गर्ने तर झु’टो आरोप लगाएको भए त्यसको प्र’तिवाद गर्ने बताए ।

Related Articles

Back to top button
Close