Video

सानो बच्चा समेत लिएर हराएकी श्रीमती युट्युबमा श्रीमानले ‘फर्केर आउ’ भन्दै बिलौना गरेको देखेर १० दिन पछि फर्किइन्, अन्तर्वार्तामै भयो यस्तो (भिडियो हेर्नुस्)

काठमाडौं । रामेछापका आयुस सुनुवारले दश दिन देखि हराएकी श्रीमती फेला पारेपछि निकै खुसी भएका छन् । सानो छोरा समेत लिएर हिडेकी उनको श्रीमती मिडियामा उनका श्रीमान रोएको देखेर फर्केर आएकी छन् । श्रीमानले तिमी जहाँ भए पनि फर्केर आउ म पहिला जति माया गर्थे त्यती नै माया अझै पनि गरिरहने छु भन्दै रोएका थिए । उनको त्यो भिडियो श्रीमती धनमायाले पनि हेरेकी थिइन् । श्रीमानको दिदीले पनि त्यसरी नै आह्वान गरेकी थिइन् ।

श्रीमानले त्यसरी रोएर भिडियोमा बोलेपछि उनी फर्केर आइन् । धनमाया घरवाट हिडेपछि भारत जान भनेर झोला बोकेर हिडेकी थिइन् तर जव श्रीमानले रुँदै गरेको आग्रह देखेर सानो बच्चा बोकेर फेरी घर फर्केकी छन् । उनी घर फर्केपछि आयुससंग धनमायाले अब कहिल्यै घर छोडेर नहिड्ने भनेर बाचा गरेकी छन् । उनी गएको शनिवार घर फर्केको बताइन् ।

उनले आफ्नो श्रीमानले कति माया गर्दा रहेछन् भनेर बिचार गर्न केही दिन घर छोडेर हिडेको बताइन् । श्रीमानले बोलेको केही कुराले आफ्नो दुखाएको कारण घर छोडेको बताइन् । उनले श्रीमानले समय नदिएका कारण आफुलाई एक्लो पनको महशुष भएको र श्रीमानसंग दुखसुखको कुरा सुनाउन र सुन्न नपाउँदा विरक्तिएर हिँडेको बताइन् । उनले कतै श्रीमानले आफुलाई माया नगर्ने त होइन भन्ने ठानेर आफु टाढा हुँदा श्रीमान खुसी हुन्छन् की भनेर केही दिन बाहिर गएको बताइन् । उनले संधैको लागि होइन कति माया गर्छन भनेर जाँच गर्न निस्केको बताइन् ।

उनले आफु हिडेपछि श्रीमान रुँदै गरेको बिलौना देखेर मन पग्लिएको बताइन् । श्रीमान भिडियोमा रोएको देखेर आफु पनि एक्लै रोएको बताइन् । उनले मिडियामा गरगहना र पैसा पनि लिएर गएको भनिएको देखेर भने दुख लागेको बताइन् । उनले आफुलाई खान र बस्न चाहिने भएकाले केही पैसा भने लिएर गएको बताइन् । तर मिडियामा भनिएजति नलगेको बताइन् ।

श्रीमतीले समय नदिएको कारण घर छोडेको बताएकी श्रीमतीलाई आयुसले अब सकेसम्म समय दिने बताए । उनी आफुले चाहेको सपना पुरा गर्न नपाएका कारण तनावमा आएको र त्यो तनावमा श्रीमतीलाई चित्त दुख्ने कुरा बोलेको स्वीकार गरे । अब उनले त्यस्तो ब्यवहार नगर्ने बताए । खाना पनि संगै खान नपाएको उनले स्वीकार गरे । उनले कामका कारण श्रीमती र बच्चालाई समय दिन नपाएको पनि स्वीकार गरे ।

Related Articles

Back to top button
Close