News

पोखराको सहिद पार्कमा रवीन्द्र अधिकारीको शालिक अनावरण

पोखरा । हेलिकप्टर दु’र्घटनामा परी ज्यान गुमाएका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ । पोखरा १८ जामुनबोटमा बन्दै गरेको सहिद पार्कमा उनको शालिकको अनावरण गरिएको हो । अधिकारीको एक वर्षअघि फागुन १५ गते हेलिकप्टर दु’र्घटनामा नि’धन भएको थियो । सहिद पार्कको पूर्वी भागमा ठडिएको पूर्ण कदको रंगीन शा’लिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमान, उनकी धर्मपत्नी विद्या भट्टराई, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी लगायतले शालिकको अनावरण गरेका हुन् ।

अन्य सहभागीहरुले पनि शालिकमा माला अ’र्पण गरेका थिए । उनको शालिकको माथिपट्टी हेलिकप्टरको ड’मी पनि स्थापना गरिने छ । सुर्खेतका कलाकार तिलबिर सुनार सेन्चुरीले रवीन्द्रको मू’र्ति तयार पारेका हुन् ।६ महिना लगाएर उनले यो मूर्ति तयार पारेका थिए । सो अवसरमा कलाकार तिलबिरलाई प्रमाणपत्रसहित माला लगाएर सम्मान पनि गरिएको थियो । कार्यक्रममा सहभागी वक्ताहरुले रवीन्द्रले छो’डेका सपनाहरुलाई पछ्याउने प्र’तिबद्धता गरेका थिए । चोकका शालिकलाई पार्कमा राख्ने योजना अनुसार बनिरहेको सहिद पार्क आउँदो आर्थिक वर्षमा तयार पारिसक्ने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले जानकारी दिए ।

Related Articles

Back to top button
Close