News

सिन्धुपाल्चोकमा पनि सुर्य झण्डा फरर नेकपालाई पाँचौ सफलता,ईन्द्रावतीमा विजयी

काठमाडौं : सिन्धुपाल्चोकको इन्द्रावती-८ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार केदारनाथ आचार्य विजयी भएका छन्।

उनले ७ सय १२ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसक अशोक तामाङले ४ सय ३९ मतमा चित्त बुझाए। राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ १२ र राप्रपा नेपालकाले ३ मत मात्रै ल्याए भने ९ मत बदर भएको छ।

उत्साहजनक रूपमा मतदान भएको मतदानमा ११ सय ७५ मत खसेको थियो। सो वडामा १४ सय ४ मतदाता थिए। वडाध्यक्ष धनबहादुर श्रेष्ठको मृत्यु भएपछि अहिले उपनिर्वाचन भएको हो। सिन्धुपाल्चोक जिल्लामा एक ठाउँमा मात्र उपनिर्वाचन भएको कारणले राजनीति दलको नेताको ध्यान इन्द्रावतीमै केन्द्रीत भएको थियो।

Related Articles

Back to top button
Close