News

बाढी पीडितका लागि बस्ती बनाउँदै अञ्जु पन्त, सहयोगको अपील

काठमाडौं – दुई वर्षअघि पर्सा जिल्लाको पर्टेर्वामा आएको बाढीले घरबारविहीन भएका बाढी पीडितका लागि निर्माण भइरहेको वस्ती निर्माणका लागि थप आर्थिक सहयोगको अपील गरिएको छ ।अञ्जु पन्त फाउण्डेनले निर्माण गरिरहेको यो भवनको सहकार्यमा सघाउन गो फण्ड मी मार्फत सहयोगको अपील गरिएको हो ।

बाढीले पटेर्वाको बस्ती नै उजाड बनाएको थियो । उक्त गाउँका ३५ परिवारले सहयोगका लागि अपील गरेपछि फाउन्डेसनले बस्ती निर्माणको घोषणा गरेकी थिइन् । उक्त वस्ती निर्माणका लागि झण्डै ३ करोड ५० लाख खर्च लाग्नेछ ।

वस्ती निर्माणमा सहकार्य गर्न गो फण्ड मीमा गई अञ्जु पन्त फाउण्डेसनमार्फत सहयोग प्रदान गर्न सकिनेछ ।फाउन्डेसनकी प्रमुख अञ्जु पन्तले बस्ती निर्माणका लागि रकम जुटाउने प्रयासमा लागेको बताइन् । पन्तले फाउन्डेसनको आधिकारिक वेबसाइटमार्फत पनि सहकार्यका लागि अपील गरेकी छिन् ।

Related Articles

Back to top button
Close