News

पूर्व डिआइजी रमेश खरेल राजनीतिमा, ‘हाम्रो नेपाल, हामी नेपाली’ को नेतृत्व लिए

काठमाडौँ, १४ फागुन । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले राजनीतिक अभियान सुरु गरेका छन् । उनले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने भन्दै ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको नेतृत्व गर्ने भएका हुन् । काठमाडौंमा त्यसको औपचारकि घोषणा हुने जानकारी खरेलले दिएका छन् । प्रहरी संगठनमा रहँदा निकै खरो मानिने खरेलले आफुलाई सामाजिक अभियन्ताका रुपमा स्थापित गर्ने अभियान सुरु गरेको जनाएका छन् ।

काठमाडौंमा भोली विहिवार खरेलले त्यसको औपचारीक घोषणा गर्ने बताएका छन् । उक्त अभियानले भ्रष्टाचारजन्य गतिविधिको विरोध गर्नुका साथै सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई मुख्य प्राथमिकता दिने दावी उनको छ । अभियानमा सामाजिक व्यक्तित्वहरुका साथै केही पूर्वप्रशासक समेत सामेल छन् । अभियानले प्रारम्भिक ६ महिनासम्मको गतिविधिलाई मूल्यांकन गरेर थप योजना तथा कार्यक्रम अघि सार्ने जनाइएको छ । २०७४ माघ २८ गते सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै खरेलले डिआइजी पदबाट राजीनामा दिएका थिए । प्रहरी संगठनमा खरेलले लोकप्रिय छवि बनाएका थिए ।

तीन वर्षपछि कानूनी शिक्षा अभियान !
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई करिब तीन वर्षपछि नेपाल बार एशोसिएशन काभ्रेपलाञ्चोक एकाइले ‘कानुनी शिक्षा’ अभियान थालेको छ । एकाइले यो सातादेखि तेमाल गाउँपालिकाबाट कानूनी शिक्षा अभियान थालेको हो ।

जिल्लाका सबै स्थानीय तहमा समन्वय गर्दै संहिता–२०७४ तथा स्थानीय तहमा बनेका कानूनका विषयमा वडास्तरका जनप्रतिनिधि एवं स्थानीयलाई जानकारी गराइने एकाइ सचिव मदुसुदन वाग्लेले बताए । “अधिकांश जनप्रतिनिधिलाई नयाँ संहिता र स्थानीय बासिन्दालाई आफ्ना कानूनबारे जानकारी नहुँदा अभियान नै थाल्नुपर्ने आवश्यकता देखियो”, उनले भने । उनका अनुसार अभियानको पहिलो चरणमा बारका प्रतिनिधि र जनप्रतिनिधिको संयुक्त बैठक राखी कानूनी साक्षात्कार गरिने तथा पृष्ठपोषण दिइनेछ ।

स्थानीय तहका जनप्रतिनिधि (न्यायिक समितिका पदाधिकारीसहित)सँग साक्षात्कारपछि वडास्तरमा कानूनी शिक्षाको योजना बनाइनेछ । स्थानीय तह पनि आफ्नै कानून निर्माण गरिरहेको सन्दर्भमा स्थानीयवासीलाई समेत कानूनी सचेतना गराउनुपर्ने भएकाले बारको समन्वयमा कानूनी शिक्षा कार्यक्रमको योजना बनाइएको गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले बताइन् । उनले भनिन्, “अब स्थानीय बासिन्दालाई नयाँ संहिता र पालिकाको कानूनबारे जानकारी दिनु अत्यावश्यक भइसक्यो ।”

उपाध्यक्ष तामाङले गाउँपालिकामा अवस्थित विद्यालयमा पनि संहिता र स्थानीय तहको कानूनबारे शिक्षा दिनुपर्ने बताउनुभएको छ । “कानूनी शिक्षा विद्यार्थीको प्राथमिकतामा राख्दा बहुउपयोगी देखिन्छ, विद्यार्थीले आफ्नो परिवारका सदस्यलाई कानूनबारे सचेत गराउँछन्”,

Related Articles

Back to top button
Close