News

मुस्ताङको एक होटलमा बास बसेका भारतीय नागरिकको निधन

काठमाडौं, १९ मंसिर । मुस्ताङ घुम्न आएर एक होटलमा बास बसेका भारतीय नागरिकको निधन भएको छ । बुधबार होटलको कोठामा एक भारतीय नागरिक मृ त अवस्थामा फेला परेका हुन् । भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको निधन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको निधन भएको हो । अत्यधिक उचाइका कारण निधन भएको बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले नाडुको परिवारलाई सम्पर्क भइरहेको जनाएको छ ।

विद्यापति समारोह आयोजना हुने

सुनसरी सदरमुकाम इनरुवामा पहिलोपटक विद्यापति समारोह मनाइने भएको छ । मैथली सेवा समिति इनरुवा सुनसरीको आयोजनामा मनाइने समारोहका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक जीवानन्द झाले बताए । मङ्सिर २१ गते शनिबार शुक्ल एकादशीका दिन इनरुवा–४ मा रहेको रामजानकी मन्दिर परिसरमा विशेष समारोहको आयोजना गर्ने तयारी भएको आयोजक समितिका कार्यक्रम संयोजक झाले बताए।

विद्यापति समारोहका अवसरमा नेपाल तथा भारतका विशिष्ट व्यक्तिको उपस्थिति संयोजक झाले बताए । प्रथम विद्यापति स्मृति पर्व समारोह नाम दिइएको कार्यक्रमलाई तीन चरणमा आयोजना गरिने तयारी गरेको उहाँले बताउनुभयो । शनिबार बिहान प्रभातफेरि र स्थानीवासी रमानन्द झाले इनरुवा–४ नयाँ बसपार्कमा दान दिएको जग्गामा विद्यापति स्मारक शिलान्यास गरिने कार्यक्रम छ ।

दिउँसो प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईका साथै प्रदेशका अन्य मन्त्रीसँगै प्रमुख प्रतिपक्षी दलका नेतालगायतका विशिष्ट व्यक्तिको उपस्थितिमा औपचारिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

साँझ मैथिल सांस्कृतिक तथा हास्यव्यङ्ग्य कार्यक्रमसमेत आयोजना गरिने संयोजक झाले बताउनुभयो । रु १५ लाखभन्दा बढी खर्च हुने अनुमान साथ आयोजना गर्न लागिएको कार्यक्रममा पाँच हजारभन्दा बढी स्थानीयवासीको सहभागिता रहने अपेक्षा आयोजकको छ ।

कार्यक्रममा सुनसरी, मोरङ, सप्तरीसहित भारतका विभिन्न भू–भागमा बसोबास गर्दै आएका मैथिलभाषी जानकार, विद्धान, अग्रज साहित्यकार तथा कलाकारको उपस्थिति रहनेछ । विद्यापतिलाई मैथिली साहित्यका महाकविका रूपमा लिइन्छ । उहाँले मैथिल साहित्यको लेखन तथा विस्तारमा पु¥याएको योगदानलाई नेपाल–भारत दुवै देशमा सम्मानका साथ हेर्ने गरिएको छ ।

Related Articles

Back to top button
Close