News

विश्वकै धनी बिल गेट्सलाईलाई चिनियाँ राष्ट्रपति सि चिनफिङले लेखे यस्तो मार्मीक पत्र

एजेन्सी । चिनको वुहानवाट सुरु भएको कोरोना भाइरसको संक्रमणले पुरै चिन प्रभावित भएपछि त्यसको नियन्त्रणका लागि विश्वकै धनी विल गेट्सले गरेको आर्थिक सहयोगका लागि धन्यवाद दिँदै चिनियाँ राष्ट्रपति सि चिनफिङले पत्र पठाएका छन् । विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भन्दै उनले धन्यवाद सहितको पत्र पठाएका हुन् । कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले १० करोड अमेरिकी डलर सहयोग गरेको थियो । त्यो सहयोग चिनका लागि निकै महत्व राख्थ्यो ।

महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय दायित्व अनुसार सहयोगको घोषणा गरेको फाउन्डेसनका संस्थापकहरुले बताएका थिए । कोविड–१९ नाम दिइएको यस महामारीका कारण अहिलेसम्म २ हजार ३४५ जनाको निधन भइसकेको छ भने ७६ हजारभन्दा बढी प्रभावित भएका छन् । यसको सङ्क्रमण विश्वका २५ देशमा पनि फैलिएको छ । अहिले दक्षिण कोरियामा यो भाइरसले प्रभाव देखाउन थालेको छ । कोरियामा एकै दिनमा दोब्बर संख्यामा प्रभावित थपिएका छन् ।

राष्ट्रपति चिनफिङले पत्रमा लेखेका छन्, “तपाईको सहयोगको प्रतिबद्धतालाई मैले गहिरोसँग मनन गरेको छु, अति महत्वपूर्ण र संवेदनशील क्षणमा चिनियाँ नागरिकप्रति तपाईहरुले देखाउनु भएको सहानुभूति र ऐक्यबद्धता प्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।” उनले चीन अहिले महामारी विरुद्ध लडिरहेकाले संकटपूर्ण अवस्थामा रहेको पनि पत्रमा उल्लेख गरेका चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

Related Articles

Back to top button
Close