रोचक

धनी बन्न् मन छ ? आर्थिक सम्पन्नता दिलाउने ज्योतिषशास्त्रका यी सात उपाय अपनाउँनुहोस्

१. रोगबाट मुक्ति मिल्ने :वास्तु शास्त्रका अनुसार हरेक दिन तावामा रोटी पकाउनु वा सेक्नु अगाडि दूधको छिटा पार्नुहोस् । यसो गरे घरमा बिरामीको प्रकोप कम हुनेछ । आरोग्य सुख प्राप्त हुनेछ ।

२. घरमा हुनेछ आर्थिक वृद्धि:हरेक बिहीबार तुलसीको बोटमा थोरै दूध चढाउनाले घरमा लक्ष्मीको स्थायी बास हुनेछ । बेरोजगार व्यक्तिका लागि रोजगारको अवसर खुल्ने छ । यस्तै घरमा आर्थिक सम्पन्ताको वृद्धि हुनेछ ।

३. घरमा परिवारका सदस्यबीच बढ्ने छ प्रेम:घर परिवारका सदस्यबीच कलह तथा झगडा हुँदै आएको छ ? साथै घरको सबै तिर नकारात्मकता देखिन्छ भने नुन पानीले पूरै घरमा पोछा लगाउनु पर्दछ । वास्तुशास्त्रका अनुसार यो उपाय गर्नाले घरमा सकारात्मक उर्जाको सञ्चार हुनेछ । साथै घरका सदस्यहरुबीच प्रेम तथा आपसी सौहार्द पनि बढ्ने सम्भावना रहन्छ ।

४. सुख–शान्तिको हुनेछ बास:हरेक दिन शिव लिंगमा जलमा थोरै दूध मिलाएर अभिषेक गर्नुहोस् र थोरै पानी उभार्नुहोस् । त्यसपछि मुख्य द्वार अर्थात ढोकाको दुवैतर्फ उक्त दूध चढाउनुहोस् । ज्योतिषका अनुसार यसो गरेमा घरमा सुख–शान्तिको बास हुनेछ । साथै सकारात्मक उर्जा आउने छ ।

५. मनोकामना पूरा हुनेछ:हरेक दिन साँझको समयमा पिपलको बोटमा पानी चढाउनुहोस् । यसो गर्दा पानीमा थोरै दूध पनि मिसाउन नर्बिसनु होला । यसपछि दीपक जलाउनु होस् र आफ्नो मनोकामना सम्झदैँ पाँच पटक परिक्रममा गर्नुहोस् । यसो गरेमा आफ्नो मनोकामना चाँडै पूरा हुनेछ ।

६. पितृदोषबाट मिल्ने छ मुक्ति:हरेक दिन बिहान सबैभन्दा पहिलो खाना गाई माताका लागि तयार गरेर खान दिनुहोस् । त्यसपछि कुकुर र तेस्रोमा छतमा पंक्षीका लागि खाना राखिदिनुहोस् । यसो गरेमा पितृदोषबाट मुक्ति मिल्ने छ । साथै पितृदोषको कारण प्राप्त कष्ट समाप्त हुनेछ । घरमा सुख, शान्ति पनि फिर्ता आउने छ ।

७. नकारात्मक प्रभावको हुने छ कमी:कुनै पनि दिन चार घडीमा पाँच किलो शुद्ध नुन एक थैलीमा राखेर घरको यस्तो स्थानमा राख्नुहोस्, जहाँ पानीले नभेट्टाओस् । यदि आफै थैलीमा पानीले भेट्टायो र भिज्यो भने पनि उक्त नुन प्रयोग नगर्नुहोस् । त्यसलाई फालिदिनुहोस् । यसपछि फेरि त्यसै गरी नयाँ नुन ल्याएर राख्नुहोस् । यसले घरको सबै नकारात्मक प्रभावलाई कम गर्ने छ । र, सकारात्मक प्रभावलाई बढाउने छ ।

Related Articles

Back to top button
Close