News

‘परदेशी २’ को छायाङ्‌कन सेटमा प्रकाश सपुतको खुसी, भने- सपना पूरा

नारायण रायमाझीको निर्देशनमा बन्न लागेको फिल्म ‘परदेशी २’ले शुक्रबारबाट छायाङ्‌कन सुरु गरेको छ।महाशिवरात्रिको अवसर परेर निर्माण युनिटले फिल्मको शुभसाइतसहित छायाङ्‌कन शुभारम्भ गरेको हो।

फिल्ममा पछिल्लो समय गायन यात्राबाट चर्चामा आएका प्रकाश सपूतको डेब्यु अभिनय रहनेछ। फिल्ममा प्रकाशको ‘अन स्क्रिन’ जोडीको रूपमा वर्षा शिवाकोटी रहनेछिन्।फिल्मको छायाङ्‌कन सुभारम्भसँगै गायक सपुतले आफ्नो अधुरो एउटा सपना पूरा भएको बताएका छन्।

‘सपना पूरा भएकोमा म जति खुसी र उत्साहित छु, त्यति नै डर पनि लागिरहेको छ कि मेरो करिअरको आगामी यात्रा कता र कस्तो हुन्छ भनेर,’ उनले सामाजिक सञ्जालमा खुसी साट्दै लेखेका छन्, ‘साङ्‌गीतिक यात्रा होस् वा चलचित्र यात्रा म मेरो काम इमान्दारिता, गम्भीरता र मेहनतका साथ गर्नेछु भन्नेमा विश्वस्त पनि छु।’

फिल्म ‘परदेशी’को सिक्वेलका रूपमा रहेको ‘परदेशी-२’ आगामी दसैंमा प्रदर्शन गर्ने निर्माण युनिटको लक्ष्य छरोजगारीको सिलसिलामा परदेश गएका युवाहरूको कथामा रहेर निर्माण हुने फिल्ममा निर्देशककै कथा तथा रमेश बिजीको लेखन र राजेश वंशलको लगानी रहेको छ।

Related Articles

Back to top button
Close