News

विबाह हुन केही घण्टा मात्रै बाँकी छँदा बेहुलीको सारीमा कुरा नमिलेपछि बेहुला भागे, बेहुलीको परिवार तनावमा

एजेन्सी । विबाह अगाडी बेहुला बेहुलीबिच हिजोआज राम्रो कुरा हुन थालेको छ । विबाह गर्ने निश्चित भएसँगै मागी विबाहमा पनि बेहुला बेहुलीबिच नम्बर आदान प्रदान गरेर कुरा गर्ने प्रचलन बढेको छ । आफ्नी हुनेवाला पत्निले लगाउने वस्त्रका बारेमा बेहुलाले धेरै सोच्ने गर्दछन् ।

तर भारतको कर्नाटकको हसननगर नजिक रहेको गाँउका बासिन्दा बीएन रघुकुमार अभिभावकको इशारामा विवाह समारोहमा सहभागी नभइ भागेपछि अहिले बेहुली पक्षका आफन्तहरुमा तनाव उत्पन्न भएको छ । रघुकुमार र बीआर संगिथाको पहिले प्रेम र त्यसपछि विवाह हुन लागेको भएपनि बेहुलीले लगाउने सारीका विषयमा विबाद उत्पन्न भएपछि अहिले रघुकुमारविरुद्ध जालसाजींको मुद्दा दर्ता भएको छ ।

विवाहका लागि केटा र केटी दुवैका अभिभावक पनि सहमत हुँदा हुँदै उनी विबाह हुन केही घण्टा मात्रै बाँकी छँदा किन भागे भन्ने कुराले धेरैलाई आश्चर्यमा पारेको छ । बेहुलीले लगाउने सारीमा आफन्तहरु असन्तुष्ट भएको बताइएको छ । बेहुला भागेपछि विबाह रद्ध गरिएको छ ।

Related Articles

Back to top button
Close